Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Friday, April 24
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»हाल खबर विशेष»माओवादीको एसिया प्रदेश समितिद्वारा राहत कोषमा १४ लाख नगद सहयोग
    हाल खबर विशेष

    माओवादीको एसिया प्रदेश समितिद्वारा राहत कोषमा १४ लाख नगद सहयोग

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आबुधावी । नेकपा माओवादी केन्द्रको एसिया प्रदेश समितिले बाढीपहिरो पीडितको सहयोगका लागि भन्दै १३ लाख ७८ हजार ३ सय ३९ रुपैयाँ पार्टी अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरेको छ ।

    माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा रहने गरी समितिले सो रकम पार्टी अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरेको हो ।

    नेकपा माओवादी केन्द्र एसिया प्रदेश समितिका इञ्चार्ज पम्फा भुसालको उपस्थितिमा केन्द्रिय सदस्य डिबी क्षेत्री, प्रवास प्रदेश कार्यालयका मुख्य सचिव टिबी पाठक, प्रदेश समितिका सहसचिव दीपक पुन, सदस्य ईश्वर कठायत लगायतका पदाधिकारीहरुले सो रकम चेक मार्फत पार्टी अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

    चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले बाढीपहिरो पीडितको सहयोगका लागि बिदेशमा बस्ने पार्टीका शुभचिन्तकहरुको पहलकदमीका लागि धन्यवाद ब्यक्त गरे । पार्टीले बाढीपहिरो पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पहलकमदी लिएको जानकारी दिंदै उनले सरकारको ध्यानाकर्षण गराउने र पार्टी आफैंले पनि कार्यकर्ता परिचालन गर्ने काम गरेको बताउनुभयो ।

    विपदबाट ठूलो क्षति भएकाले सबै मिलेर अब पुनर्निर्माण र पुनर्स्थापनामा जोड दिनुपर्ने प्रचण्डको भनाइ छ ।

    एसिया प्रदेश समितिले २७ सेप्टेम्बर देखि २२ अक्टोबर सम्म गरेर सो रकम सन्कलन गरेको थियो । सो अबधिमा १३ लाख ७८ हजार ३ सय ३९ रुपैया संकलन गरेको र त्यो रकम मध्ये ४० हजार रुपैया अखिल(क्रान्तिकारी)ले बाढी पहिरो पिडितको लागी तत्काल खाना खुवाउने अभियानको लागी सहयोग समितिका कोषाध्यक्ष बाबुराम विस्वकर्माले बताउनुभयो । त्यस्तै सन्कलित रकम मध्ये पहिलोपतक ५ लाख रुपैया र दोस्रोपटक मंगलबार ८ लाख ३८ हजार ३ सय ३९ रुपैया चेक मार्फत पार्टी अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरिएको एसिया प्रदेश समितिका सह सम्योजक हरी विवस नेपालीले जानकारी दिनुभयो ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.