Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»खेलकुद»युएईको अजमानमा भएको एभरेस्ट मम: सेभेन एसाइड कप फूटबल प्रतियोगिताको उपाधी नवबुद्दलाई
    खेलकुद

    युएईको अजमानमा भएको एभरेस्ट मम: सेभेन एसाइड कप फूटबल प्रतियोगिताको उपाधी नवबुद्दलाई

    हालखबर अनलाइनBy हालखबर अनलाइन१ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आबुधावी – युएईको अजमानमा भएको पहिलो एभरेस्ट मम: सेभेन एसाइड कप फूटबल प्रतियोगिताको उपाधी नवबुद्द फूटबल क्लबले चुमेको छ । उपाधी चुमेको नवबुद्दले नगद ३५ सय धिराम्स ( झन्डै १ आल्ह १० हजार ) रुपैया नगद, कप तथा मेडल प्राप्त गरेको छ ।

    नवबुद्दले युएईको नेपाली समुदायमा चिरपरिचित लालिगुरास फूटबल क्लबलाई फाइनमा हराएर उपाधी चुमेको हो । सेमिफाइनलमा ग्रीन सिटी ईलामलाई हराउदै लालीगुरास फाइनलमा पुगेको थियो भने , रोयल फूटबल क्लब आईकार्डलाई हराउदै नवबुद्द फूटबल क्लब फाइनलमा पुगेको थियो ।

    प्रतियोगितामा दोस्रो भएको लालिगुरास फूटबल क्लबले नगद २ हजार धिराम्स (झन्डै ६० हजार रुपैया) सहित कप मेडल प्राप्त गरेको छ । त्यस्तै सेमिफाइनलमा पुगेका दुई क्लब ग्रीन सिटी ईलाम र रोयल फूटबल क्लब आईकार्डले नगद ६ सय ५० धिराम्स ( २२ हजार रुपैया ) पाएका छन । त्यस्तै प्रतियोगिताको सबै खेलमा म्यान अफ द म्याच घोषणा गरी नगद समेत प्रदान गरिएको थियो ।

    दसैं तिहारको अवसर पारेर अजमानमा रहेको नेपाली रेस्टुरेन्ट एभरेस्ट ममले पहिलो पटक आयोजना गरेको सो प्रतियोगितामा युएईमा रहेका १६ वटा फूटबल क्लबले सहभागीता जनाएका थिए । शनिबार मध्यराती ११ बजे बाट सुरु भएको प्रतियोगिताको उपाधी खेल बिहान ७ बजे सम्पन्न भएको हो ।

    प्रतियोगिताको एक बिशेष कार्यक्रमका बीच युएईका लागी नेपाली राजदुत तेजबहादुर क्षेत्रीले उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै राजदुत क्षेत्रिले खेलकुदले नेपाली समुदायमा आपसी भाईचाराको सम्बन्ध बिकास हुने र एकता कायम गर्न मद्त पुग्ने भएकाले युएईका नेपाली बीच समय-समयमा प्रतोयोगिता आयोजना हुनु आबश्यक रहेको राजदुत क्षेत्रीले बताउनु भयो ।

    oplus_2

    कार्यक्रममा एनआरएन आइसीसी सचिव मनोज गोर्खाली, एनआरएन अभियान्ता ठाकुर प्रसाद ढुङ्गाना , एनआरएन युएईका अध्यक्ष बिकास शाही, युएई नेपालीज फूटबल एसोसीएसनका अध्यक्ष अनिल शेर्पा, लगायत बिभिन्न संघसस्थाका प्रतिनिधिको आतिथ्यता थियो । उद्घाटन खेल एनआरएन युएई र आयोजक बीच भएको थियो । मैत्रीपूर्ण प्रतिस्पर्धा गरिएको खेलमा एनआरएन युएई विजयी भएको थियो ।

    प्रतियोगिताको बिभिन्न उपाधी विजेता क्लबलाई आयोजक एभरेष्ट म:म रेष्टुरेन्टका संचालक बिष्णु अधिकारीले नगद सहित कप मेडल प्रदान गरेको कार्यक्रम सम्योजक राहुल श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा लालीगुरासका रोशन तामाङ,उत्कृष्ट गोलरक्षक नवबुद्दका केशब मानन्धर,र प्रतियोगिताको अनुशासित क्लबको रुपमा फूलबारी फूटबल क्लब र सोही क्लबका राकेश हमाल सर्वाधिक गोल गर्ने खेलाडी बने भने नवबुद्दका नारायण दाहाललाई बेस्ट अफिसियलले सम्मान गरिएको थियो । अजमान र सारजाहको सीमामा पर्ने एमके एकेडेमीको खेल मैदानमा भएको प्रयोयोगितामा झन्डै ५ सय जना नेपाली दर्शकको उपस्थिती थियो ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.