Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 19
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»समाज»दशैमा गाउँ पुग्दा को अनुभव
    समाज

    दशैमा गाउँ पुग्दा को अनुभव

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    यज्ञप्रसाद सापकोटा :- दशैमा घरमा पुग्दा बेहुली अन्माएर पठाएपछिको घरजस्तो सुनसान र उराठलाग्दो भएछ, पल्लोघरकी माइली आमाको घर। उमेरले ७५ पुग्नै लागेकी उहालाई म गाउँ जाँदा नभेटी फर्किन्न थिएँ। यो पटक उहाको घरमा पुग्दा धेरै नरमाइलो लाग्यो। पूरै सन्नाटा, घर वरिपरि झाडी नै झाडी, वरिपरिको खेतबारी सबै उराठ लाग्दो देख्दा कताकता नराम्रो लाग्यो।

    आज भन्दा दश पन्ध्र बर्ष पहिला सम्म १२ पन्ध्र जनासम्म अटेको उक्त घर अहिले माईलीआमा मात्रै एक्लै रूँगेर बस्नुभएको थियो ।

    छोराछोरी दुख सुख जसोतसो गरेर हुर्काएकी साइली आमाको भरिभराउ घर निकै उराठलाग्दो बनेछ। छोराछोरी काठमाडौंमा आ–आफ्नो परिवारसहित बसेका छन्।

    उनको चाउरी परेको अनुहार, ७५ पुगेको उमेर र विरक्त लाग्दो गाउँ देखेर बुटवल फर्किए पछि मेरो मन दुखिरह्यो। उहासँग अहिले दुःखसुखका कुरा गर्ने, सुनिदिने कोही छैन। तर पनि दुख सुख गरेर जोडेको सम्पत्ति गाउँ ठाउँ चटक्कै छोडन नसकिने रहेछ बाबु भन्दै मन दुखाउनुभयो ।

    अहिले पनि गाउँ सम्झिँदा बहुतै नराम्रो लाग्छ। आजभन्दा १० वर्षअघिको गाउँ फिर्ता ल्याउन पाए पनि हुन्थ्यौ लागि रहन्छ। हुन त गाउँ त्यस्तै त भएको छ। न त्यो समय छ, न ती साथी, न ती मान्छे।

    धेरै पछिसम्म पनि हाम्रो गाउँमा पानीको अभाव थियो, धान मकै ढिकि झातोमा कुटपीस गरेर ल्याएको सम्झना ताजा छ । गाउँमा कसैको बिहे हुँदा टपरी गाँसेर लैजाने, दाउरा काटेर ल्याउने र बारीको पाटामा बसेर लस्कर लागेर भोज खाएको पनि एक दशक पुगेको छैन। तर आज गाउँमा न मान्छे छन्, न यसरी काम हुन्छ। शिशिर ऋतुमा समेत रमाइलो लाग्ने पहाडका डाँडाहरू अचेल झाडी नै झाडीले उराठ बनेका छन्। केबल मृत्युको पर्खाइमा रहेका बुढाबुढीहरू गाउँ कुरेर बसेका छन्, यो देख्दा अचेल पटकपटक मन दुखिरहन्छ।

    केही हप्ताअघि म विशेष कामले एक हप्ता गाउँमा गएर बसेँ। त्यो समयमा बचपनमा मसित खेल्ने मेरा उमेरका मभन्दा साना-ठूला कोही साथीहरू पनि गाउँमा भेटिएनन्। अधिकांश त विदेश गइसकेका छन् भने स्वदेशमा बस्नेहरू पनि म जस्तै अवसरको खोजीमा शहर छिरेका छन ।

    गाउँमा बसिरहँदा लक्कुढाल, फाईट,दौड, फुटबल,राज्य ,गुच्छा र चुंगी खेलेका हरेक ठाउँहरू पुनर्ताजगी भए। ठाउँ त त्यस्तै नै छ अलिकति बढी विकास पुगेको मात्रै हो। तर ती मान्छे, ती साथी, त्यो भावनात्मक सम्बन्ध भएका व्यक्तिहरू कोही छैनन्। त्यतिका वर्षसम्म आफू खेलेको, हुर्केको, पढेको गाउँमा कोही नभएपछि लाग्यो– भौतिक विकासमा पनि भावना जोडिनुपर्ने रहेछ, भावना नजोडिएको विकास खासै अर्थपूर्ण नहुने रहेछ ।

    अर्कोतर्फ, गाउँमा मनाइने धेरै संस्कृति र संस्कारहरू पनि लोप हुँदै गएका छन्। अचेल दसैं तिहारमा गाउँमा पिङ हाल्ने चलन हटिसकेको छ । पीङ हालेर पनि के गर्ने पिङ खेल्ने मान्छे छैनन । पिङमा जोर्ते खेलेको रमाइलो छैन ।

    अर्कोतर्फ गाउँमा बिहेवारी हुँदा गाउँभरिका मानिस जुटेर विवाह सम्पन्न गर्ने चलन हराइसकेको छ। मोडर्न पार्टी प्यालेस र सहरको बसाइले गाउँमा गरिने धेरै संस्कार लोप भइसकेका छन्।

    गाउँमा मान्छे मर्दा लास लैजाने कोही छैनन्। तसर्थ अचेल मान्छेले होइन, लासले जलाउने मान्छे कुरेर बस्नुपर्ने बाध्यता छ। मन्दिर, घाट, पार्टीपौवा र भवनहरू सबै माकुराको जालोले भरिएका छन्। विभिन्न नाच, पूजाआजा र पर्वहरू मानिसको अभावमै लोप भइरहेका छन्। कतिपय पर्यटकीय सम्भावना बोकेका स्थल र ऐतिहासिक महत्वका स्थानहरू समेत संरक्षणको अभावमा जीर्ण हुँदैछन्।

    अहिले गाउँमा विकास भने धेरै पुगेको छ। कुनै समय पानीको लागि घण्टौँ धाएर गाग्रीमा पानी बोक्नुपर्थ्‍यो भने अहिले घरघरमा धारो छ। कुनै समय उत्पादन भएको दूध बेच्ने ठाउँ थिएन भने अहिले घरघरमै दूध लिने मान्छे आइपुग्छ। घण्टौं हिँडेर पुगिने ठाउँमा गाडीको सुविधाले २० मिनेटमै पुग्न सकिने भएको छ।

    घरनजिकै स्कुल छ, स्वास्थ्य संस्था छ। स्थानीय तहले पनि किसानलाई प्रोत्साहनका लागि धेरै कार्यक्रम ल्याएको छ। उन्नत जातका पशु दिनेदेखि विभिन्न तालिम र बिउविजन गाउँमा सहजै पाइन्छ। आगोमा फुँ-फुँ गरेर धुवाँ खाँदै पकाउनुपर्ने युगलाई ग्याँस र इन्डक्सनले विस्थापित गरेको छ। उत्पादन भएका धान, मकै र तरकारी लिन घरमै गाडी आइपुग्छ। विडम्बना गाउँमा सुविधा पुगेको छ तर मान्छे कोही छैन। भएका युवाहरू पनि फ्रस्टेड भएर विदेशिसकेका छन्। अनि आफू पनि गाउँ पुग्दा विरक्त लाग्ने अवस्था बनिसकेको छ।

    अर्कोतर्फ गाउँमा शिक्षाको पनि उस्तै सुविधा पुगेको छ। विद्यार्थीलाई दिवा-खाजाको व्यवस्था गरिएको छ भने धेरै दाताहरूले स्कुलमा कपी, किताब र खेलकुदका सामग्री नि:शुल्क वितरण गरिरहेका छन्। जबकि केही वर्षअघिसम्म हामी हाफछुट्टीमा आप, अम्बा,चौतारी खोजेर खान्थ्यौं भने कतिपय साथीहरूले कापी समेत किन्न नसक्ने अवस्था थियो।

    चकले ब्ल्याकबोर्डमा लेखेर चौरमा समेत बसेर पढेको अनुभव मलाई छ। त्यत्ति हुँदा पनि विद्यार्थी भरिभराउ हुन्थे। घर बस्दा र घुम्न जाँदा लगाउने लुगा समेत स्कुल ड्रेस नै हुन्थ्यो। अहिले गाउँको स्कुलमा पनि सुविधासम्पन्न भवन बनिसकेको छ। कम्प्युटर, ह्वाइट बोर्ड, इन्टरनेट र प्राविधिक शिक्षकहरू पढाउन पुगेका छन्। हाम्रो समयमा जस्तो फोहोर ट्वाइलेट पनि छैन। सुविधा जति पुगे पनि स्कुलमा विद्यार्थी छैनन्। विद्यार्थी बिनाको स्कुल र सुविधाको पनि के अर्थ छ र?

    तीन तहकै सरकारले गाउँ-गाउँको बजेटमा बर्सेनि वृद्धि गरिरहेका छन्। मानिस नभएका ठाउँमा विकास मात्रै गरेर के गर्ने? प्रयोग नै नहुने बाटो, विद्यार्थी नै नभएको स्कुलको भवन, पूजा गर्ने मानिस नआउने मन्दिर र खानेपानीका पाइप बिच्छाएर के गर्ने? यी सबै भौतिक सुविधा प्रयोग गर्ने गाउँका युवा कोही छैनन्।

    अब सुविधा बढाउनेभन्दा पनि गाउँगाउँमा सुविधाको उपयोग गरेर विकास गर्ने नागरिकको खाँचो छ। सहरमा मात्रै केन्द्रित भएको बस्तीलाई गाउँगाउँमा पनि आकर्षित गर्ने खालका योजना ल्याउनु जरूरी छ। सो खालका अवसरहरू गाउँमा पुगे मात्रै अब युवा गाउँमा बस्छन्। अन्यथा, सामान्य भौतिक पूर्वाधारको विकासले मात्रै कोही पनि गाउँघरमा बस्ने अवस्था छैन। युवा आकर्षित हुने काम सरकारले नगरेसम्म गाउँको विकासले अर्थ नराख्ने भइसक्यो।

    समय धेरै परिवर्तन भइसकेको छ। एउटा पुस्ताहरू सकिनेबित्तिकै गाउँहरू खाली बन्ने अवस्था आइसकेको छ। जसले गर्दा उत्पादन हुने जमिन बाँझिएको छ भने भएका युवाशक्ति सबै विदेशमै हुने सम्भावना बढेको छ। मानिस नभएका ठाउँमा विकासको सुविधा पुर्‍याएर मात्रै पनि त्यसबाट उपलब्धि केही हुने देखिँदैन।

    तसर्थ, गाउँको बसाइसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्ने, पर्यटन प्रवर्द्धन गर्ने, उद्योगधन्दा सञ्चालन गर्ने, स्रोत साधानको पहिचान गरेर उपयोग गरी स्वरोजगार बनाउने कामतर्फ ध्यान दिनुपर्ने देखिन्छ। अन्यथा देशको अवस्था थप भयावह बन्ने देखिन्छ।

    लेखक यज्ञप्रसाद सापकोटा अर्घाखाँची छत्रदेव (बल्कोट) ३ साजबोट स्थाई घर भई हाल बिभिन्न सामाजिक अभियानमा सकृय छन ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    यूएई जान चाहिने प्रहरी रिपोर्ट र प्रमाणीकरण शुल्क बारे प्रशारित तथा प्रकाशित समाचार गलत: पररास्ट्र मन्त्रालय, हटाउन औपचारिक आग्रह

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.