काठमाडौँ — उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले इरानको राजधानी तेहरानमा हुने एसियन कोअपरेसन डाइलग (एसीडी) को १९ औं परराष्ट्रमन्त्रीस्तरीय बैठकमा सहभागी हुन शनिबार जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार उक्त अवसरमा हुने साइडलाइन भेटवार्तामा मन्त्री श्रेष्ठले एसीडीका सदस्य मुलुकहरुका परराष्ट्रमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् ।
साथै, परराष्ट्र मन्त्रालयका क्षेत्रीय संगठन महाशाखाका प्रमुख तथा सहसचिव ज्ञानबहादुर मगरले आइतबार एसीडी उच्च अधिकारीहरुको बैठकमा सहभागिता जनाउने छन् । श्रेष्ठ बुधबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।
Facebook Comments Box
