आबुधावी । युएईको आबुधावीमा ब्यवसाय गरिरहेका तनहुँका युवा व्यवसायी श्रेष्ठ दम्पतीले जिल्लाको एक बालगृहमा रहेका बालबालिकालाई सहयोग गरेका छन । तनहुँ घरभई अबुधावीमा व्यवसाय गरिरहेका सोनाम श्रेष्ठ र महेश श्रेष्ठ दम्पतीले व्यास १० बैरेनीमा रहेको उज्यालो बालगृहमा रहेका बालबालिका लागि खाध्य सामाग्री, कपडा र शैक्षिक सामाग्री प्रदान गरेका हुन ।
आबुधावीमा रहेको एमटी ८८४८ नामक नेपाली रेष्टुरेन्ट सन्चालन गरिरहेका श्रेष्ठ दम्पतीले यस् अघिपनि श्रेष्ठले यस् अघी व्यास १३ बेलवास स्थित सिद्धबेनी आधारभूत बिद्यालयमा अध्ययनरत २० जना बालबालिकाहरुका लागि ६५ हजार रुपैया बराबरको सिरक,डसना र खाद्यान्न सहयोग गरेका थिए । सिद्धबेनी आधारभूत बिद्यालयमा तनहुँसहित बाग्लुङ, स्याङजा, गोरखा, धादिङ, नवलपरासी, पर्वत र चितवन गरी आठ जिल्लाका बालबालिका अध्ययनरत छन् ।
सोनाम एनआरएन युएईकी उपाध्यक्ष समेत हुन । श्रेष्ठले सन्चालन गरेको एमटी ८८४८ नेपाली रेस्टुरेन्टले पछील्लो समय आफ्नो मुनाफाबाट बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।