Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 19
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»हाल खबर विशेष»बिहीवारदेखि मध्यपुर्वका देशमा चलचित्र ‘ मनसरा’ प्रदशन हुँदै
    हाल खबर विशेष

    बिहीवारदेखि मध्यपुर्वका देशमा चलचित्र ‘ मनसरा’ प्रदशन हुँदै

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    दुबई । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मनसरा’ बिहीवार (मे ९) बाट दुबई सहित मध्यपुर्वका बिभिन्न मुलुकका धेरै शहरहरुमा प्रदशन हुने भएको छ ।

    तीन दिन पहिले रिलिज भएको मनसराले बक्स अफिसमा उत्साहजनक ओपनिङ गरिरहेको छ । नेपाल रिलिजको साता दिनमा ‘मनसरा’ मध्यपूर्वमा रिलिज हुँदैछ । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले यो फिल्मलाई युएई, कतार, बहराइन, ओमान र कुवेतमा एकै पटक रिलिज गर्न लागेको हो ।

    मध्यपूर्वका ठूला चेनहरु भक्स स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा फिल्म प्रदर्शन हुने वितरक रमेश ढकालले जनाए । यी मल्टिप्लेक्सका मुख्य गेटमा ३/३ मिटरका फ्ल्याट स्ट्यान्ड लगाएको उनले जनाए । ‘यो नेपाली चलचित्र बजारका लागि सफलता हो’ उनले भने ।

    चलचित्र मनसराको प्रिमियर शोपछि कलाकार तथा दर्शकहरुले सबै फूलहरुको एउटै बगैँचा भनेर उपमा दिएका छन ।

    मध्यपूर्वका देशहरुमा चलचित्र प्रदशन हुन लागेपछि पछील्लो समय नेपाली चलचित्रको बजार फैलिन लागेको छ । खाडीका देशमा कार्यरत नेपालीहरुले काम बाट बचेँको समय मिलाएर नेपाली भाषाका चलचित्र हेर्न पाएकोमा गौरव गर्न लागेका छन । सधैं जसो बिदेशी चलचित्र र तीनैका पोस्टरमात्र देखेका नेपालीहरुले आफ्नै भाषा र आफ्नै मुलुकका चलचित्र हेर्न पाउदा खुशी लागेको जनाएका छन ।

    देशब्यापी रिलिज भएको फिल्मका शो खचाखच भरिएका थिए भने चलचित्र घरेलु बक्स अफिसको शीर्षस्थानमा छ । निर्माताहरुले ‘बम्पर’ ओपनिङ भएको बताएका छन् ।

    उपेन्द्र सुब्बाको कलात्मक प्रस्तुती, शैलेन्द्रध्वज कार्कीले निर्माण गरेको फिल्ममा दयाहाङ राई, प्रवीण खतिवडा, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन् । फिल्मका छायांकार पनि कार्की नै हुन् ।

    फिल्ममा विष्णुकुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह निर्माता छन् ।

    निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन छ ।

    Facebook Comments Box

    Author

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    यूएई जान चाहिने प्रहरी रिपोर्ट र प्रमाणीकरण शुल्क बारे प्रशारित तथा प्रकाशित समाचार गलत: पररास्ट्र मन्त्रालय, हटाउन औपचारिक आग्रह

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.