Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यूएई प्रवास सम्पर्क बिभागद्वारा आयोजित शिविरमा ८९ जनाले गरे रक्तदान

    २ हप्ता अगाडि

    चेक रिपब्लिकमा राहदानी नवीकरण घुम्ती शिविर सम्पन्न, पोल्यान्डमा छिट्टै हुने

    २ हप्ता अगाडि

    रवि-छविको मुद्दामा सर्वोच्चको सक्कल मिसिल झिकाउन आदेश

    ३ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Friday, December 5
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»Uncategorized»नेपाल बाहिर चिनिदै नेपाली संगीत
    Uncategorized

    नेपाल बाहिर चिनिदै नेपाली संगीत

    युएईमा एकपछि अर्को सांगीतिक कार्यक्रम
    रुपेश अधिकारीBy रुपेश अधिकारी, उमाकान्त पाण्डे२ वर्ष अगाडि3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आबुधावी । राष्ट्रिय कलाकारहरुको उपस्थितिमा युएईमा पछिल्लो समय एकपछि अर्को सांगीतिक कार्यक्रम भइरहेको छ । नेपाल बाहिर रहेका र नेपाली संगीतलाई माया गर्ने पारखीका लागि यो सुखद पक्ष हो ।

    विदेशमा हुने नेपाली सांगीतिक कार्यक्रमले विश्व बजारमा नेपाली संगितलाई चिनाउन समेत मद्दत गदै आएको आयोजकहरुको दावी छ ।

    युएईका मुख्य शहर दुवई र आबुधाबीमा हरेक हप्ता जसो नेपाली कार्यक्रम हुने गरेकाछन । यी दुई शहरमा पछिल्लोे एक महिनाको अवधीमा दर्जन बढी कलाकारले सांगीतिक प्रस्तुती दिएका छन् ।

    नयाँवर्षको सुरुवातमै उदय सोताङ र मनिला सोताङले दुबई र आबुधाबीमा सांगीतिक प्रस्तुती दिए । सोही समय युवापुस्ताका रुचाइएका गायक सुसान्त केसीले तन्नेरिहरुलाई मनोरन्जन दिए ।

    त्यसअघि गायक पुप्पन प्रधान, मेलीना राई, दिपक ब्रजाचार्य, छेवाङ्ग लामा लगायतका कलाकारको उपस्थितिमा कार्यक्रम भयो । अप्रिल दोस्रो साता हामी नेपाली नामक ग्लोबल सस्थाले गायीका आस्था राउत लगायतलाई युएईमा ल्याएको थियो ।

    यस्तै अप्रिल दोस्रो साता लोकश्रष्टा नारायण रायमाझी , शान्ति श्री परियार , कुलेन्द्र विश्वकर्मा लगायतले नेपाली समाज युएईको ३५ औँ स्थापना दिवसमा लोक संगीतबाट दर्शक श्रोता झुमाए ।

    यहीसाता कर्णप्रिय गायक कर्णदाशले दुवईका श्रोतामाझ सांगीतिक कोशेली पस्किए । उनको आधुनीक र देशभक्त गीतमा दर्शक श्रोताले देशको वर्तमान अवस्था र परिवारबाट टाढा हुदाँको झल्को दर्शाए ।

    यस्तै नेपालको पप संगीतमा नाम चलेको द इज व्याण्डले गत आइतबार आबुधाबीमा सांगीतिक कार्यक्रम गर्यो । उक्त कार्यक्रममा बाक्लो रुपमा दर्शकको उपस्थिति थियो ।

    हप्तामा एकदिन हुने छुट्टिमा यस्ता कार्यक्रमले मनोरञ्जन दिलाउने गरेको कार्यक्रमा सहभागी दर्शकको भनाई छ । यहाँको सार्वजनिक विदाको दिन कार्यक्रम हुने भएकाले पनि दर्शकको उपस्थिति हुने गरेको नेपाल डिउड आबुधाबीका निमा शेर्पा बताउँछन् ।

    विदेशमा रहेका नेपाली दर्शक श्रोतालाई नेपाली संगीत मार्फत मनोरञ्जन र संगीत बजार विस्तारका लागि यस्ता कार्यक्रम आवश्यक रहेको शेर्पाको भनाई छ ।

    युएईको नेपाली समुदायमा आजसम्म नेप्थ्यको कार्यक्रममा सबैभन्दा धेरै दर्शकको उपस्थिति रहेको रेकर्ड छ । देशबाहिरका नेपाललीले कलाकारलाई सधै माया र सम्मान गर्ने गरेको युएईमै रहेका रुन्चे गायक प्रकाश पौडेलको बुझाई छ ।

    आगामी आइतबार दुबई शहरमा दुई अलग स्थानमा नेपाली कार्यक्रम हुँदै छन । काली गण्डगी सेवा समाज स्याङ्जाले आयोजना गर्ने कार्यक्रममा खुमान अधिकारी, एलिना चौहान, उमादेवी खनाल लगायतले आफ्नो प्रस्तुती दिदै छन ।

    त्यस्तै मे ५ आइतबारनै दुबईमा एभरेष्ट साझ नामक कार्यक्रम समेत हुँदै छ । जसमा आधुनिक गीत सङीतका पारखीलाई झुमाउन पुराना गायक यम बराल , खेम सेन्चुरी, सुनिता थेगिम, र प्राश्ना शाक्य दुबई आउँदै छन ।

    यसरी गरिने कार्यक्रम केही व्यवसायिक उद्देश्यले त धेरै जसो सामाजिक सहयोगार्थ हुने गरेका छन । सामाजिक संघसस्थाले गरेका कार्यक्रम देखी ब्यवसायिक उद्देश्यले गर्ने कार्यक्रमहरुलाई यहाँ रहेका नेपाली व्यवसायीहरुले सहयोग गर्ने गरेका छन । पछिल्लो समय धेरैजसो संघसस्थाले गर्ने कार्यक्रममा एनआरएन अभियान्ता तथा व्यवसायी पासाङ शेर्पाले सहयोग गर्ने गरेका छन ।

    यो साता चर्चित कलाकारलाई विदाइ गरेको आयोजक अर्को साता मंगोलीयन हर्टलाई आबुधावीमा स्वागत गर्ने तयारीमा छ । मे ५ तारिख आबुधाबीको इमिरेट्स प्लाजामा हुने कार्यक्रममा मंगोलीयन हर्टका राजु लामा सहितको टीमले सांगीतिक प्रस्तुति दिने आयोजक नेपाल डिउड आबुधाबीले जनाएको छ । कार्यक्रममा चर्चित डिजे शेर्पेनीको समेत प्रस्तुति रहने छ ।

    त्यस्तै आबुधावीमा आउदो ईद विदाको अवसर पारेर संगीतिक कार्यक्रम गर्ने र त्यसमा नेपालका चर्चित कलाकारलाई ओराल्ने तयारी इनास
    (अन्तरास्ट्रिय कलाकार समाज ) आबुधावीका अध्यक्ष अस्मत घिमिरेले बताए ।

    नेपाल डिउड र जात्रा इभेन्टसको संयुक्त आयोजनमा कार्यक्रम हुन लागेको हो । नयाँवर्ष लागेसगैँ नेपाली चाडपर्व समेत सुरु हुने भएकाले हरेक साता कार्यक्रमको तालिका रहेको आयोजकहरुले बताएका छन् ।

    Facebook Comments Box

    Authors

    • रुपेश अधिकारी
      रुपेश अधिकारी

      झापा स्थायी घर भएका अधिकारी यूएईमा रहेर पत्रकारिता गर्दै आएका छन् । उनीसँग नेपालमा हुँदा रेडियो र विभिन्न पत्रपत्रिकामा काम गरेको अनुभव पनि छ ।

      View all posts

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    यूएई प्रवास सम्पर्क बिभागद्वारा आयोजित शिविरमा ८९ जनाले गरे रक्तदान

    २ हप्ता अगाडि

    चेक रिपब्लिकमा राहदानी नवीकरण घुम्ती शिविर सम्पन्न, पोल्यान्डमा छिट्टै हुने

    २ हप्ता अगाडि

    आबुधाबीमा सहिष्णुताको राष्ट्रिय उत्सव–२०२५ : नेपालले पनि सहभागिता जनाउने

    ३ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ४ हप्ता अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.