आबुधावी । अबुधावीमा रहेको अहलिया अस्पतालको सहकार्यमा खुल्ला रक्तदान गरिने भएको छ । यहाँ रहेका नेपालीका लागि एनआरएन युएईको सहकार्यमा अस्पतालले रक्तदान कार्यक्रम गर्न लागेको अस्पतालकी प्रतिनिधि कार्यक्रम सम्योजक प्रज्ञा घिमिरे शर्माले जानकारी दिईन ।
आबुधावी हमदानमा रहेको अस्पातलको वी ब्लकमा मे ३ शुक्रबार बिहान ९ बजे देखी दिउंसो ३ बजे सम्म रक्तदान कार्यक्रम राखिएको छ ।
नीयमित रक्तदान गर्नाले ब्याक्तिको स्वास्थ्य तथा रक्तदान बाट कसैको जीवन रक्षा सम्म गर्न सकिने भएकाले आबुधावीमा रहेका नेपालीसँग थप सम्बन्ध स्थापनार्थ एनआरएन युएईले स्वास्थ्य सम्बन्धी कार्यक्रममा सहकार्य गरिरहेको एनआरएन युएईकी उपाध्यक्ष सोनाम श्रेष्ठले बताईन ।
युएईको प्रतिष्ठित अल अहालिया हस्पिटलको प्राविधिक तथा चिकित्सकीय सहयोगमा रक्तदान गर्न लागिएको हो । रक्तदान गर्न इच्छुक जो कसैले पनि कार्यक्रममा सहभागी हुन सक्नेछन यधपी रक्तदान गर्न योग्य भए नभएको भने रक्तदान पुर्व स्वास्थ्य परिक्षण गरिने छ ।
