दुबइ । संयुक्त अरब एमिरेट्स युएईको दुबईमा रहेको रुपन्देही सेवा समाज युएईमा नयाँ नेत्रित्व चयन भएको छ । कालिकानगर रुपन्देहीका अमित लोहनीको नेत्रित्वमा समाजले नयाँ कार्यसमिती निर्माण गरेको हो । १६ बर्ष देखी युएईमा कार्यरत लोहनी एक बहुप्रतिष्ठित कम्पनीको अप्रेसन म्यानेजरको रुपमा कार्यरत छन ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा हेमा भण्डारी, दिलिप खनाल, र महिला उपाध्यक्षमा सिता पङ्गेनी थापा र महासचिवमा प्रकाश भण्डारी निर्विरोध भएका हुन । त्यस्तै समाजको सहसचिवमा सुस्मा सुनार, कोषाध्यमा रोहित रायमाझी,सह कोषाध्यक्ष ज्योति खनाल, रहेकाछन । नवगठित कार्यसमितिको वरीस्ठ उपाध्यक्ष र सचिवको स्थान भने रिक्त छ । कार्यसमितिमा २० जना केन्द्रिय सदस्य निर्वाचित भएका छन ।

आइतबार दुबईको सिल्भरस्पुन नेपाली रेस्टुरेण्टमा भएको समाजको पाचौं अधिवेशनले स्थापनाकालदेखी सकृय लोहनीको नेत्रित्वमा सर्वसहमतीमा कार्यसमिती निर्वाचित गरेको निर्वाचन समिति सदस्य बबुराम सुनारले जानकारी दिए ।

रुपन्देही सेवा समाज नेपाली समाज युएईमा समेत आबद्द सस्था हो । नेपाली समाजका पार्षद अध्यक्ष राम मोक्तानको प्रमुख आतिथ्यता तथा बिभिन्न संघसस्थाका प्रतिनिधिको बिशेष उपस्थितिमा भएको पांचौ अधिवेशनमा समाजको सम्सोधित विधान समेत पारीत गरेको छ ।

सन् २०१४ मा बर-दुबईको पार्कबाट स्थापना भएको समाजको पाचौं अधिवेशन समाजका अध्यक्ष टन्क थापा मगरको अध्यक्षता तथा महासचिव युवराज भट्टराईको सन्चालनमा भएको थियो । अधिवेशनको अवसर पारेर समाजलाई बिभिन्न क्षेत्रबाट सहयोग गर्ने व्याक्तित्वहरुलाई प्रशंशा पत्र तथा मायाको चिनो समेत प्रदान गरी सम्मान गरेको थियो ।

युएईमा रहेका जिल्लागत सस्थामा सकृय सस्थाको रुपमा चिनिएको रुपन्देही समाजले जिल्लामा अनाथालय तथा बाल आश्रम, तथा दैवी एवम प्राकृतिक विपतमा परेकालाई आर्थिक सहयोग गर्दै आएको छ ।

तस्विर : लालबहादुर ढेगां/युएई