आबुधावी । युएईको आबुधावीमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । आबुधावीमा रहेका नेपालीका लागि भनेर युएईको प्रतिष्ठित अल अहालिया हस्पिटलको प्राविधिक तथा चिकित्सकीय सहयोगमा स्वास्थ्य शिविर गर्न लागिएको हो ।
शिविरमा सो अस्पतालमा कार्यरत नेपाली चिकित्सक तथा नेपाली नर्स लगायतको प्रत्यक्ष निगरानीमा स्वास्थ्य विविर गर्न लागिएको हो । स्वास्थ्य शिविरलाई आबुधावीमा रहेका नेपालीसँग जोड्नका लागि एनआरएन युएईले सहकार्य गरिरहेको एनआरएन युएईकी उपाध्यक्ष सोनाम श्रेष्ठले जानकारी दिईन ।
शिविरमा जनरल फिजिसियन, मधुमेह, रक्तचाप, आँखा लगायत विभिन्न रोगको परीक्षण गरिने छ । शिविर आबुधावी हमदानमा रहेको अहलिया अस्पतालमा अप्रिल २० , शनिबार बिहान ११ बजेदेखी दिउसो ३ बजे सम्म सन्चालन गरिने छ।
Facebook Comments Box