Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»समाज»बसमा सँगै एउटै सीटमा बसेका व्यक्तिको लभमा पर्दा…
    समाज

    बसमा सँगै एउटै सीटमा बसेका व्यक्तिको लभमा पर्दा…

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । अपरिचित व्यक्तिसँग एकैछिनको चिनाजानका भरमा उनको विश्वासमा पर्दा ठूलो आपत्मात्रै होइन आफू बेचिन र ठगिन पनि सकिन्छ भन्ने उदाहरण हालैको एक घटनाले देखाएको छ ।

    पोखरा जान लागेकी एक महिला त्यस्तै गिरोहका फन्दामा परेकी छिन् । उनी भारत पुगेर पनि बेचिनबाट त जोगिइन् तर ठगीमा परिन् । लोभमा गिरोहसँग बिहे गर्न पुगिन् । नवलपुरको कावासोती घर भएका दुर्गाबहादुर पौडेल क्षेत्रीको विश्वासमा पर्दा ती महिला बेचबिखन तथा ठगीमा परेकी छिन् ।

    प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार ती महिला काठमाडौँबाट साथी भेट्न पोखरा जाने क्रममा सँगै बसको सिटमा पौडेल भेटिएका थिए । यात्राकै क्रममा उनीहरुबीच कुरा हुँदै जाँदा प्रलोभनमा पारी विवाह गरेर महिलालाई बिक्रीको प्रयास गरेका पाइएको छ ।

    पीडितकै छ लाखसमेत उनले ठगी गर्न सफल भएका छन् । ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार उनले सुरुमा आफू अविवाहित रहेको, तिमी मलाई मनपर्याे म तिम्रो बहिनीको उपचारका लागि पूर्ण सहयोग गर्छु, मिर्गौलाको उपचार गर्ने डाक्टर चिनेको छु भनी बुटवल पुर्‍याएर बिहे गरी बेचबिखन गरेको पाइएको हो ।

    उनले आफन्तहरुबाट सापट मागेर पीडितकी बहिनीको उपचारका लागि रु ७० लाखभन्दा बढी पैसा जम्मा गरिदिएको छु, त्यो निकाल्न रु छ लाख लाग्छ भनी पीडितबाट छ लाख लिएर ठगी गरेको पनि पाइएको मिश्रले जानकारी दिए ।

    उनले मिर्गौलाको उपचार गर्ने डाक्टर चिनेको छु भनी बुटवल लगी आफ्नै साथीलाई डाक्टर देखाई झुक्यानमा पारेको पनि खुल्न आएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा उनले विभिन्न बहाना बनाई मानव बेचबिखन गर्ने उद्देश्यले पटकपटक नेपालको सीमा नजिक भारतको बजार पुर्‍याइएकामा चेलिबेटी बेचबिखनविरुद्ध संस्थामा कार्यरत महिलाले बेचबिखनमा पर्नसक्ने जानकारी गराएपश्चात् महिला नेपाल फर्की आएकी थिइन् ।

    त्यसपछि पीडित महिलाले ब्युरोका दिएको जाहेरीका आधारमा ब्युरोले पक्राउ गरी उनीविरुद्ध अहिले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरिरहेको मिश्रले बताए ।- रासस

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    यूएई जान चाहिने प्रहरी रिपोर्ट र प्रमाणीकरण शुल्क बारे प्रशारित तथा प्रकाशित समाचार गलत: पररास्ट्र मन्त्रालय, हटाउन औपचारिक आग्रह

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.