Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यूएईस्थित नेपाली दूतावासकी उप–नियोग प्रमुखद्वारा संचारमन्त्रीलाई खुला पत्र

    २ हप्ता अगाडि

    विश्‍व च्याम्पियन वेस्ट इन्डिज नेपाल सामु निरिह, नेपालको नया इतिहास

    २ हप्ता अगाडि

    राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Friday, October 17
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»श्रम/रोजगार»मन्त्री ज्यु मलाई उद्दार गरिदिनुस् :
    श्रम/रोजगार

    मन्त्री ज्यु मलाई उद्दार गरिदिनुस् :

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि4 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    केही तथ्य सुनाउदै :

    पछील्लो केही महिनामा युएईमा मात्रै एउटै मन्त्री कती पटक आए होलान ? अनुमान गर्नुस् त !

    केही तथ्य :आजै विश्व व्यापार संगठनको १३ औं मन्त्रीयस्तरीय सम्मेलनमा सहभागी भएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल नेपाल फर्किदै छन । उनी सहित नेपाली प्रतिनिधिमण्डलको नेत्रित्व गर्दै सोही मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी, जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीलगायतका पदाधिकारीहरू युएई आएका थिए ।

    त्यस्तै युएईको दुबईमा सुरु भएको रोजगार मेलामा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी आज युएई आउँदै । दुई साता पहिले उनी आबुधावी डायलगमा सहभागी हुन मन्त्रालयको टोली सहित युएई आएका थिए । उनको यो कार्यकालमा यो कतिऔं पटकको युएई भ्रमण होला ? अनी कती औं पटकको बिदेश भ्रमण ! अनुमान गर्नुस् ।

    मन्त्री भण्डारी आउँदै गरेको यस् पटकको टोलीमा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीलगायत सहभागी हुँदै छन ।

    दुई महिना पहिले दुबईमा भएको विश्व जलवायु सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्प कमल दाहाल, सहित वन तथा वातावरण मन्त्री विरेन्द्र प्रसाद महतो, तथा अन्य झन्डै कती जना उच्च अधिकारी युएई आए होलान ? ४१ जना त पहिले नै टिकट काटेका सर्वसाधारणको टिकट लाई पछी सारेर एउटै उडानमा आए । जम्मा ८ सय जना बिभिन्न स्तरका कर्मचारी, एनजीओ, आइएनजीओ, पत्रकार त्यहाँ सम्बन्धित सरोकारवाला कार्यक्रममा सहभागी थिए ।

    यी बाहेक अन्य केयौं मन्त्री, बिभिन्न दलका सभासद, बिभिन्न दलका नेता तथा पुर्वमन्त्रीहरु अरबमा विन्टर सेलेब्रेट गर्न आए ।

    यो सबै आबश्यक भएरै भए होलान । यस् बाट के-के उपलब्धी पायो होला देशले ? भनेर लेख्नुहुन्छ : दुर्घटनापछिको उपचार खर्चमध्ये बाँकी डेढ करोड रुपैयाँ तिर्न नसकेर घर फर्किन नपाएका गंगादेव गाउँपालिका–२, रोल्पाका २१ वर्षीय बालकुमार ओली ।

    दुतावासले नगरेको होइन : उसले पनि के के गरोस् ? नेपाल बाट आउने मन्त्री , उच्च अधिकारीको सेवा कि दुतावासमा दैनिक आउने ३ सय जना भन्दा धेरैको सेवा ?

    मन्त्री ज्यु : मैले श्रम गरेर बिदेश आएको हुँ । खुन- पसिना बेचेर हड्डी घोटी काम गरेर पैसा कमाई परिवार पाल्ने सपना बोकेर जहाज चढी आएको थिए । कमाउन्जेल मैले हुण्डी गरिन। सुन बोकिन । तस्करी गरिन । अहिले म आफ्नै देश फर्किन नपाएर अलपत्र अवस्थामा छु । मलाई तपाईं सगैं नेपाल लैजानुस् न : विन्ती – बाचुन्जेल देशको सेवा गर्ने छु । मर्नै परे आफ्नै माटोमा प्राण विलिन हुने थियो । विन्ती ::::

    बालकुमार ओली

    के भएको हो ?

    रोल्पाली सेवा समाज यूएईका अध्यक्ष दिल पुनका अनुसार उनको उपचारमा ९ लाख दिराम अर्थात तीन करोड ३२ लाख ४० हजार रुपैयाँ खर्च भएको थियो।

    अस्पतालमा लागेको सोही रकम भुक्तान हुन नसक्दा रोकिनुपरेको थप एक महिनासम्म दैनिक ७ हजार दिरामका दरले खर्चको बिल चढ्दै गयो। त्यसपछि रोल्पाली समाज यूएईले उनलाई अस्पतालबाट निकाल्ने पहल थाल्यो। समाजको पहलपछि उपचारमा लागेको आधा रकम भुक्तानी गर्न बीमा कम्पनीमा आएको पैसाले पुग्यो। त्यसपछि भने कम्पनी नै जमानत बसेर उनलाई अस्पतालबाट निकालिएको थियो।

    शरीरले काम गनै नसक्ने भएकाले त्यहाँ बसिरहनुको अर्थ नदेखेर उनले घर फर्कने विचार गरे। बाहिर निस्किएको केही दिनपछि नेपाल फर्कने तयारी गरेर विमानस्थल पनि पुगे। तर विमानस्थल पुगिसकेपछि मात्र थाहा भयो कि उपचारखर्चको आधा रकम अर्थात् एक करोड ६० लाख रुपैयाँभन्दा बढी अझै भुक्तानी नभएको भन्दै अस्पतालले ओली र उनले काम गरेको कम्पनीविरुद्ध मुद्दा हालेको रहेछ। त्यही कारण विमानस्थलबाट उनलाई फर्काइयो। उपचार खर्च भुक्तानी गर्न बाँकी रहेको मुद्दाका कारण उनलाई यूएईबाट बाहिर जाने अनुमति छैन।

    “बीमाले गरेको भुक्तानीपछि पनि अस्पताललाई अझै साढे चार लाख दिराम तिर्न बाँकी छ। त्यो तिरेपछि मात्र यात्राको अनुमति खुल्ने रहेछ। त्यति धेरै पैसा उनले कसरी तिर्नु? कम्पनीमा काम गर्न जाँदा दुर्घटना भएको हो। उपचारमा लागेको पैसा कम्पनीले तिर्नुपर्नेमा कामदारमाथि दबाब छ,” दिल पुन भन्छन्, “मुद्दामा जान पनि वकिलकै लागि मात्र १५ देखि २० हजार दिराम (पाँच लाख ४० हजारभन्दा बढी) खर्च लाग्छ। त्यो पैसा पनि जुटाउन सक्ने अवस्था छैन।”

    पुनका अनुसार ओलीलाई स्वदेश फर्कने वातावरण मिलाउन यूएईस्थित नेपाली दूतावास , यहाँ आउने हरेक प्रतिनिधि मन्डल ( सम्भव भए सम्म) अनुरोध गरिएको छ। “उनलाई हामीले आलोपालो गरेर बस्ने र खाने व्यवस्था मिलाएका छौँ,” पुन भन्छन् ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कोरियास्थित नेपाली दूतावासमा सीपयुक्त श्रमिक पठाउने मागपत्र प्रमाणीकरणका लागि आवेदन आएन

    १ महिना अगाडि

    लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा रुपन्देहिका दुइ डोजाङ क्रमशः प्र्थम र द्वितिय

    ४ महिना अगाडि

    सार्वजनिक यातायात बन्द नगर्न सर्वोच्चको अन्तरिम आदेश

    ४ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    १ वर्ष अगाडि

    मानव तस्करी ‘गिरोह’का नाइके कोमलराजलाई दुबइमा पक्राउ गरी नेपाल ल्याइयो

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.