Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Friday, April 24
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»समाज»नेपाल अमेरिका पत्रकार संघ नेजाको १७ औं साधारण सभा बोस्टनमा हुने
    समाज

    नेपाल अमेरिका पत्रकार संघ नेजाको १७ औं साधारण सभा बोस्टनमा हुने

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो १७ औं साधारण सभा म्यासाच्युसेट्स राज्यको बोस्टन हुने भएको छ । नेजाको फेब्रुअरी २४, २०२४ मा टेक्सास राज्यको अस्टिन सहरमा भौतिक रुपमा संघका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा बसेको बैठकबाट यही मे २५-२६, २०२४ मा आफ्नो १७औं साधारण सभा गर्ने निर्णय गरेको हो ।

    बोस्टनमा हुने सो साधारण सभा नेजाका क्षेत्रीय संयोजक (उत्तर-पूर्व) सुपेन्द्र बस्नेतको संयोजकत्वमा गरिने निर्णय गरिएको नेजाका महासचिव बाबुराम दाहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

    यसैगरी, नेजाले प्रवासमा रहेका नेपाली समुदायका आवश्यकतालगायत समसामयिक विषयवस्तुलाई समेटेर डिजिटल माध्यममार्फत आफ्नो समाचार पत्रिका (न्युज बुलेटिन) प्रकाशन गर्नेसमेत जनाएको छ । नेपाली समुदायमा मात्र सीमित रहेको नेजालाई उत्तर अमेरिकामा रहेका मूलधारका पत्रकारका संस्थाहरूसँग पनि सहकार्य गरी आफ्नो दायरा फराकिलो बनाउन पहल गर्ने बताइएको छ ।

    यस्तै, नेपाल तथा उत्तर अमेरिकामा पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारहरूलाई निर्धारित विषयमा नेजाले अध्येतावृत्ति (Fellowship) प्रदान गर्ने भएको छ । यसले स्वदेश एवं विदेशमा रहेर पत्रकारिता गरिरहेका नेपाली पत्रकारलाई हौसला मिल्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित हुन टेवा पुग्ने जनाइएको छ । यसैगरी, नेजाले अमेरिकामा रहेका पत्रकारलाई प्रदान गर्दै आएको ‘नेजा सामुदायिक पत्रकारिता पुरस्कार’लाई पनि निरन्तरता दिने भएको छ ।

    यसैगरी, नेपाली समुदायमा रहेका विभिन्न संघ-संस्थाबाट नेजालाई प्रचार-प्रसार तथा समाचार संप्रेषणका लागि अनुरोध आउने बताउँदै समुदायका कार्यक्रम तथा गतिविधिका बारेमा प्राप्त सूचनालाई समाचारको रुपमा तयार पारी आमसञ्चारमाध्यमलाई उपलब्ध गराउने विज्ञप्तिमार्फत जनाइएको छ । यस्तै, समुदायमा हुने गतिविधि एवं कार्यक्रमका बारेमा आवश्यक सूचना नेजाको आधिकारिक इमेल news@neajausa.org मार्फत उपलब्ध गराउन सकिने समेत उल्लेख गरिएको छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    यूएई जान चाहिने प्रहरी रिपोर्ट र प्रमाणीकरण शुल्क बारे प्रशारित तथा प्रकाशित समाचार गलत: पररास्ट्र मन्त्रालय, हटाउन औपचारिक आग्रह

    ४ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.