Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»श्रम/रोजगार»युएईमा भुवन र पहलमानलाई ‘मृत्‍युदण्ड’ होइन ‘ब्लडमनी’ मात्रै मागिएको हो : पीडित परिवार
    श्रम/रोजगार

    युएईमा भुवन र पहलमानलाई ‘मृत्‍युदण्ड’ होइन ‘ब्लडमनी’ मात्रै मागिएको हो : पीडित परिवार

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे२ वर्ष अगाडि3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    उमाकान्त पाण्डे / आबुधावी । संयुक्त अरब इमिरेट्स (युएईमा) मृत्‍युदण्डको सजाय सुनाइएको भन्दै सामाजिक सन्जालमा अफवाह फैलाइएको पाइएको छ । युएईको सारजाह जेलमा कैदी जीवन बिताइरहेका ओखलढुङ्गाका भुवन श्रेष्ठ र धादिङका पहलमान मगरलाई मृत्‍युदण्डको सजाय नभई पीडित परिवारको सहमतिमा यहाँको उच्च अदालतले ‘ब्लडमनी’ मात्रै मागेको खुलेको हो ।

    हत्या आरोप लागेका भुवन र पहलमानलाई सारजाहको तल्लो अदालतले आजीवन कारागारको फैसला सुनाएपनि उपल्लो अदालत, नेपाली दुतावास आबुधावीको रोहबरमा पीडित परिवारले ब्लडमनीमा सहमतीमा जनाएपछि भुवन र पहलमानले प्रतिब्याक्ती १ लाख ५० हजार युएई धिराम (जम्मा ३ लाख युएई (धिराम))पीडित परिवारलाई नेपालमा दिने सहमती अनुसार अदालतले ब्लडमनीको फैसला सुनाएको थियो ।

    आफुहरुले परिवारको सदस्य गुमाएपनि खुनको बदला खुन नभई मानवियता स्वरुप क्षतिपुर्ती रकम ‘ब्लडमनी रकम’ दावी गरेको मृतककी श्रीमती नरिमा आलेमगरको भनाई छ ।

    त्यस्तै नेपाली दुतावासको उच्च स्रोतका अनुसार अदालत वा अन्य कुनै निकाय मार्फत मृत्‍युदण्डको सजाय सुनाएको भन्दै अधिकारिक पत्र आएको छैन । दुतावासका एक उच्च अधिकारिका अनुसार भुवन र पहलमानको बिषयमा पीडित र पिडक परिवार सहमत भएका कारण ‘ब्लडमनी’ बुझाए कानुनी प्रकृया अनुसार रिहाइ हुन सक्नेछन् ।

    चिशंखुगढी गाउँपालिका ३, ओखलढुङ्गाका भुवन श्रेष्ठ र नेत्रवती गाउंपालिका ४, धादिङका पहलमन थापा मगरलाई सन् २०१९ को जुन ३ मा मध्यविन्दु नगरपालिका ११, नवलपुरका बाबुराम आलेमगरको हत्या आरोपमा पक्राउ गरी जेल चलान गरिएको थियो ।

    स्थानीय प्रशाशनद्वारा अनुसन्धान गरी यहाँको अदालतमा पेश भएका कागजात अनुसार मधिरा सेवन गरी श्रेष्ठ र मगरले आफ्नै साथी नवलपुरका बाबुराम आलेमगको छुरा प्रहार गरी हत्या गरेको र आफ्नो कसुर पीडितहरुले स्विकारेका आधारमा अदालतले पीडित परिवारको सहमतिमा ब्लडमनीको फैसला सुनाएको हो ।

    आफ्नो श्रीमान बाबुरामको हत्या हुँदा उनकी श्रीमती नरिमा आलेमगर पनि बैदेशिक रोजगारिकै क्रममा युएईमा भएको र उनैले किटानी जारी सहित अनुसन्धानका लागि निवेदन दिएकी थिईन । सोही उजुरीका आधारमा दुबै जनालाई पक्राउ गरी अनुसन्धान गरी अदालतमा सुनुवाई भएको थियो । सुनुवाईका क्रममा नेपाली दुतावास आबुधावीका स्थानीय जनसंपर्क अधिकृत पीआरओ इरफान आलम पनि सहभागी भएको प्राप्त कागजातमा उल्लेख छ ।

    सोही अनुसार २०७९ को बैशाख १६ गते मृतकको परिवार र हत्या आरोप लागेका दुई जनाको परिवारले क्षतिपुर्ती बापत ब्लडमनी दिने सहमती गरेको कागजातमा उल्लेख छ । सोही मितिमा पहलमानका बुवा एकबहादुर थापाले १६ लाख ६२ हजार ५ सय रुपैया र भुवनको परिवारका तर्फबाट भाई खेमराज श्रेष्ठले ३ लाख रुपैया बुझाएको उल्लेख छ । सो मितिको बिनिमय दर ३३ दशमलव २५ का दरले सो रकम नेपालमा पीडित परिवारलाई बुझाएको सहमती पत्रमा उल्लेख गरिएको छ । बाँकी रकम पीडित परिवारलाई बुझाएपछि भुवन र पहलमान नेपाल फर्किन पाउने छन ।

    युएईको अदालतले गरेको फैसलालाई तोडमोड गरी दिनगन्ती गरेर मृत्‍युदण्ड दिईने दिन आएको भन्दै बिभिन्न सामाजिक सन्जालको प्रयोग गरी अनाधिकृत रुपमा केही ब्याक्तिहरुले रकम अशुलेको र त्यसो नगर्न सरोकारवालाहरुले सुझाएका छन । ब्लडमनी सन्कलनका लागी भुवन श्रेष्ठको बुवा यम नारायण श्रेष्ठको नाममा राष्ट्रिय बाणिज्य बैंकमा खाता खोलेर रकम सन्कलन अभियान सुरु गरिएको स्थानीय वार्ड अध्यक्ष भीष्म श्रेष्ठले जानकारी दिए ।

    राष्ट्रिय बाणिज्य बैंकको 2070100001045009 खातामा मात्रै रकम संकलन गर्न वार्ड अध्यक्ष श्रेष्ठले अनुरोध गरेका छन । युएईबाट सोही गाउका कविन खड्का तथा हिराधन चाम्लिङ लगायतको समुहले पनि सन्कलित रकम सोही खातामा दाखिला गर्ने जनाएका छन । ब्लडमनी बापतको रकम पीडित परिवारलाई नेपालमै दिए हुने भएकाले सन्कलित रकम युएई पुराउन नपर्ने पररास्ट्र स्रोतको भनाइ छ ।

    आबश्यक रकम सन्कलन गरेपछी प्रररास्ट्र मन्त्रालयको कन्सुलर बिभागमाको रोहबरमा पीडित परिवारलाई रकम बुझाईने र रकम बुझाएको प्रमाणलाई काठमाण्डौमा रहेको युएई दुतावास मार्फत प्रमाणीकरण गरी नेपाली दुतावास मार्फत युएईको अदालतमा जम्मा गरेपछी भुवन र पहलमान रिहा हुने दुतावास स्रोतको भनाइ छ ।

    Facebook Comments Box

    Author

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.