दुबई । बल्कोट(अर्घाखाँची)संपर्क समाज युएईले दुबईमा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । सन २०१९ मा स्थापना भएको समाजले यस् पटक समेत गरेर दोस्रो पटक बनभोज गरेको हो ।

सस्थाको वार्षिक कार्यक्रम अन्तरगत वर्तमान कार्यसमितीले आफ्नो कार्यकालको एकबर्ष र सस्थाले ५ औं बर्ष पुरा गरेको अवसरमा आइतबार बनभोज कार्यक्रम गरेको हो ।
नेपाली खानाका परीकारका साथमा समाजले गाउंघरकै झल्को दिने गरी बनभोज तथा रमाइलो भेटघाट कार्यक्रम गरेको समाजका सचिव तथा कार्यक्रम सम्योजक राहुल कुमाल मुस्कानले बताए ।

कार्यक्रममा घुमाएका सेलरोटी, पुलाउ, अचार, पाल्पाली चुकौनी तथा घोर्ले खसीको मासुका परिवार, पोलेका मकै, लगायत भिभिन्न परीकारहरु राखिएको थियो ।

कार्यक्रममा बल्कोटलाई माया गर्ने बल्कोटे तथा गैर बल्कोटेहरु गरी झन्डै एक सय भन्दा धेरैले उपस्थिती जनाएको समाजका कोषाध्यक्ष शेशकान्त न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा बल्कोटे भाका तथा बिभिन्न गितिभाकामा नाचगान गरिएको थियो । दुबईको जबिल पार्कमा भएको सो बनभोज कार्यक्रमबाट सन्कलित रकम समाजको राहतकोषमा राखिने र सो रकम सामाजिक कार्यमा सदुपयोग गरिने समाजका अध्यक्ष उमाकान्त पाण्डेले बताए ।

सन २०१९ मा दुबईमा स्थापना भएको समाजले बल्कोटमा हरेक बर्ष बिभिन्न सामाजिक सेवा गर्दै आएको छ । हालै समाजले मृगौलाको उपचाररत बल्कोटका लेखराज विकलाई सहयोग गरेको थियो भने बल्कोट स्कुललाई समेत सहयोग गरेको थियो । गाउंका मठमन्दिर, तथा पाटीपौवामा समेत सहयोग गर्दै आएको समाजका सस्थापक अध्यक्ष टुमलाल पाण्डेको भनाइ छ ।
