Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»समाज»जन्मदिनको अवसरमा साजबोटको बिधालयमा न्यानो कपडा वितरण
    समाज

    जन्मदिनको अवसरमा साजबोटको बिधालयमा न्यानो कपडा वितरण

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे२ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आबुधावी । अर्घाखाँचीको छत्रदेव ३ साजबोटमा रहेको बिधालयमा न्यानो कपडा वितरण गरिएको छ । साजबोट ३ मा रहेको जगतमाता आधारभुत बिधालयमा अध्ययनरत बाल कक्षा देखी ८ कक्षामा अध्ययनरत गरीब तथा असाहय २६ जना बिद्यार्थीहरुका लागि न्यानो कपडा स्विटर र टोपी वितरण गरिएको हो ।

    जन्मदिनको अवसर पारेर बिधालयका पुर्व बिद्यार्थी, बल्कोट (अर्घाखाँची) संपर्क समाज युएईका सस्थापक अध्यक्ष समेत रहेका सोही क्षेत्रका युवा टुमलाल पाण्डेले प्रदान गरेका टोपी र स्विटरको बिधालयले बिद्यार्थीहरुका लागि वितरण गरेको हो ।

    बैदेशिक रोजगारीका क्रममा दुबईमा लामो समय यता कार्यरत पाण्डेले हरेक बर्ष गाउमा सहयोग गर्दै आएका छन । पाण्डेले यस् पटक आफुले कखरा पढेको बिधालयमा सहयोग गर्न पाउदा खुशी लागेको बताए । पाण्डेले प्रदान गरेको न्यानो कपडा एक कार्यक्रमका बीच बिद्यार्थीहरुलाई प्रदान गरिएको बिधालयले जनाएको छ ।

    विधालय ब्यबस्थापन समितिका अध्यक्ष चिन्तामणी लामीछानेको अध्यक्षता, तथा कार्यबाहक वार्ड अध्यक्ष सुमित्रा पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिधलाय बस्थापन समितीका सदस्यहरु, स्थानीय समाजसेवी ब्यक्तित्वहरुको समेत उपस्थिती रहेको बिधालयका प्र.अ. केशब खनालले जानकारी दिनुभयो ।

    गाउलाई माया गरेर बिधालयमा अध्ययनरत बिद्यार्थीहरुकालागी सम्झेर न्यानो कपडा प्रदान गरेकोमा बिधालयको तर्फबाट पाण्डेलाई कार्यक्रममा धन्यवाद प्रदान गरिएको थियो । जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा सामाजिक रुपमा सामाजिक सेवामा सहयोग गरेकोमा उपस्थित सबैले पाण्डेको प्रसंशा गरेका हुन ।

    Facebook Comments Box

    Author

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.