नेपाल प्रहरीको साइबर ब्युरोले नाबालिकामाथि दुर्व्यवहार गरी फरार रहेका प्रतिवादीलाई दुबईबाट पक्राउ गरेकाे छ।
प्युठान स्थायी घर भई सामाजिक सञ्जाल फेसबुकमा साथी बनेर अश्लील क्रियाकलापद्वारा मानसिक यातना दिँदै आएका ३३ वर्षीय सगिर अहमदलाई आज इन्टरपोल शाखाको सहयोगमा ब्युरोले नियन्त्रणमा लिएको हो।
उनलाई दुबईमा पक्राउ गरी नेपाल ल्याई अनुसन्धान भईरहेको ब्युरो ले जनाएको छ ।
Facebook Comments Box
