दुबइ । अन्तराष्ट्रिय सेफ सोसाइटीको अध्यक्षमा युएईमा कार्यरत अरुण अधिकारी निर्वाचित भएका छन । सेफ सोसाइटी युएईका नीवर्तमान अध्यक्ष समेत रहेका अधिकारीलाई हालै सेफहरुको अन्तराष्ट्रिय कमिटीले अध्यक्षका लागि सर्वसहमतीमा निर्वाचित गरेको हो ।
दोरम्बा सैलुङ ६ लखनपुर, रामेछापका अधिकारी विगत ८ बर्षदेखी युएईको राजधानी आबुधावीमा रहेको ५ तारे होटलमा कार्यरत अनुभवी सेफ समेत हुन ।

दक्ष जनशक्ती उत्पादन गरी नेपाली खाना र परीकारलाई प्रचार प्रसार गर्ने मुख्य उद्देश्यले एकिकृत भएका सेफ(भान्से)हरुले बिभिन्न देशमा रहेका नेपाली सेफहरुलाई एउटै सस्थामा जोड्न अन्तराष्ट्रिय रुपमै सस्थालाई विस्तार गर्न लागेका हुन ।
सोसाइटीले बिभिन्न देशमा रहेका अन्य देशका सेफहरु सँग समेत हातेमालो गर्दै काम गर्ने जनाएको छ । संसारभरका सेफहरुलाई सस्थामा आबद्द भई एकत्रित हुन अध्यक्ष अधिकारीले अनुरोध समेत गरेका छन ।
