दुबई । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रिय सदस्य नेत्री सोवीता गौतम युएई आईपुगेकी छन । काठमाण्डौं क्षेत्र नम्बर २ कि प्रत्यक्ष नीर्वाचित प्रतिनिधि सभा सदस्य गौतम शुक्रबार युएई आएकी हुन । उनलाई दुबइ विमानस्थलमा पार्टीको प्रवास बिभाग युएईले साधारण स्वागत गरेको थियो ।
नेत्री गौतम युएई आएको अवसर पारेर प्रवास नेपाली संपर्क विभाग युएईले दुबईमा आइतबार भेटघाट तथा संवाद कार्यक्रम गर्ने भएको विभागले जनाएको छ ।

युएईमा रहेका नेपाली संघसस्था तथा आम नेपाली समुदायलाई उपस्थितिका लागि अनुरोध गरिएको पार्टिका युएई सभापती सुजन थापाले जनाएका छन ।
हालै ‘One Young world Politician of the year-2023’ अवार्ड जित्न सफल विस्व युवा राजनितिज्ञको रुपमा परीचित गौतम आम नेपाली लोक रिझ्याइमा परेकी नेत्री हुन ।
