युएई । ओमानले भिजिट भिसा वा पर्यटन भिसालाई अन्य भिसामा परिवर्तन नगर्ने भएको छ । पर्यटन भिसा वा भिजिट भिसामा आफ्नो देशमा पुगेका विदेशीहरूलाई ओमान वर्किङ भिसामा परिवर्तन नगर्ने निर्णय गरेको हो । विदेशीहरू भिजिट भिसामार्फत ओमान पुगेर वर्किङ भिसामा परिवर्तन गर्दै उतै बस्ने क्रम बढेपछि ओमानले उक्त कार्यमा रोक लगाएको हो ।
ओमानले विशेषगरी बंगलादेशी नागरिकहरूलाई सबै प्रकारका भिसा नदिने निर्णय गरेको छ । अर्को सूचना जारी नहुँदा सम्म यो नीयम लागु हुने छ । मस्टकस्थित नेपाली राजदूतावासले नेपालीहरूलाई समेत सचेत गराएको छ ।
कसैले ओमानमा भिजिट भिसा वा पर्यटन भिसामा ल्याएर रोजगारी दिलाउँछु भनेर प्रलोभवनमा पारेको खण्डमा सचेत रहन समेत दुतावासले आग्रह गरेको छ । त्यस्ता खालका गलत आश्वासन दिनेप्रति सचेत रहन दूतावासको अनुरोध छ ।
