आबुधावी । आबुधावीमा स्तन क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । आबुधावीमा रहेको अल-अहलिया हस्पिटलले नेपाली महिला समुदाय लक्षित सचेतना कार्यक्रम गरेको हो ।
जनचेतनाका लागि आबुधावीमा रहेका सकृय प्रतिनिधि मुलक महिलाहरुको उपस्थितिमा अस्पतालले शनिबार जनचेतना मुलक कार्यक्रम गरेको हो । विश्व स्तन क्यान्सरको अवसर पारेर आयोजित सो कार्यक्रममा झन्डै ३ दर्जन नेपाली महिला दिदीबहिनीहरुको उपस्थिती रहेको अस्पतालले जनाएको छ ।

कार्यक्रममा अहलिया अस्पतालकी महिला डाक्टर सुस्मिताले स्तन क्यान्सर बारे सुरुका लक्षण, अवस्था र कस्तो अवस्थामा थाहा हुन्छ भन्ने बारे प्रस्तुती दिएकी थिईन ।
पछील्लो समय संसारभर स्तन क्यान्सर भयानक तरिकाले फैलिएको र त्यसबाट आफुहरु कसरी सुरक्षित हुन सकिन्छ भन्ने बारे डाक्टर सुस्मिताले जानकारी प्रदशन गरेकी थिईन । कार्यक्रम उपयोगी जानकारीहरु सहित सभ्य र भब्यरुपमा भएको सहभागी रश्मी रिजालले बताइन ।

प्रोजेक्टरबाट बिभिन्न जानकारी मुलक प्रस्तुती गरिएको कार्यक्रममा डाक्टरले झन्डै दुई घण्टा सम्म उपस्थित महिलाका जिज्ञासा सम्बन्धी जबाफ समेत दिएको कार्यक्रम सम्योजक तथा अस्पतालकी रिलेसिनसिप एक्ज्युकेटिभ प्राज्ञा घिमिरेले बताइन ।

आबुधावीमा रहेको अहलीया अस्पतालले नेपाली समुदायलाई बेला बेला सचेतना मुलक कार्यक्रम , स्वास्थ्य शिविर , तथा बहुउपयोगी कार्यक्रम तथा स्वास्थ्य उपचारमा सहयोग गर्दै आएको छ ।
