दुबई । यूएईमा भएको दसैं कप फूटबल प्रतियोगिताको उपाधि रोयल गोर्खाले चुमेको छ । दसैंको अवसर पारेर यूथ सपोटिङ्ग फूटबल क्लबको आयोजनामा आयोजित ‘पिआर तेस्रो दसैँ कप- २०२३’को उपाधी रोयल गोर्खा फुटबल क्लबले जितेको हो।

सन् २०१९ मा स्थापना भएको युथ स्पोर्टिङ क्लबले आयोजना गर्ने दसैँ कपको यो तेस्रो संस्करण हो । यस पटकको प्रतियोगिता दुबईको ‘डल्सको स्पोर्ट्स कम्प्लेक्स’मा भएको थियो ।
प्रतियोगितामा लालिगुराँस फूटबल क्लब उपविजेता बनेको छ । खेलमा अनुशासित समूहको उपाधी यूनाईटेड यूथ क्लबले हाता पारेको छ । फाईनल खेलमा रोयल गोर्खाले लालिगुराँस फूटबल क्लबलाई १-० गोलको अन्तरमा पराजित गरेको हो । प्रतियोगितामा १६ समूहको सहभागिता रहेको थियो ।

विजेताले ट्रफी र प्रमाणपत्रसँगै ४ हजार २ सय दिराम र उपविजेताले २ हजार ८ सय दिराम (नेपाली रुपैयाँ करिब डेढ लाख र एक लाख) पुरस्कार पाएको छ।
यसैगरि प्रतियोगितामा रोयल गोर्खाका अनिश सर्वाेत्कृष्ट खेलाडी, लालिगुराँस फूटबल क्लबका बिकास सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक रोयल गोर्खाका सुबाश भएका छन् ।

पिआर इन्टरटेन्मेन्टको मुख्य प्रायोजन रहने प्रतियोगिता संचालन गर्न बिक्री इन्टरटेन्मेन्ट, परदेसी हातेमालो सहकारी, टप हिमालयन वाटर, ममता एण्ड मुक्ति, क्युटलुक ब्युटी पार्लर, सयपत्री स्टार रेस्टुरेन्ट, खेलप्रेमी राजु तिमल्सिनालगायतका संस्था र व्यक्तिले सहयोग गरेको बताइएको छ।
