आबुधावी । दुबईमा अलपत्र अवस्थामा अस्पतालमा उपचाररत एक नेपालीको उद्दार गरिएको छ । ५ महिना यता दुबईको अस्पतालमा अलपत्र अवस्थामा उपचाररत कोहलपुर बाँकेका दान बहादुर थापालाई रास्वपा नीकट प्रवास नेपाली समन्वय समिति युएईले उद्दार गरेको हो ।
मोटो रकम अशुलेर दलालले दुबइ ल्याएका थापालाई गएको मे ३१ मा डेरादुबईमा अलपत्र अवस्थामा सडक छेउमा ढलेको अवस्थामा स्थानीय प्रशाशनले अस्पताल पुराएको थियो ।
करिव २ महिना उपचारपछी अस्पतालमा कार्यरत सुरक्षा गार्ड मार्फत अलपत्र नेपालीको जानकारी पाएको रास्वपाको बिदेश बिभाग संगठन प्रवास नेपाली समन्वय समितिका कृष्ण खतिवडाले बिरामीको अवस्था र अन्य जानकारी सन्कलन गरी नेपाली दुतावास आबुधावीलाई जानकारी गराएका थिए ।
समितिले पीडित थापाको नेपालमा रहेका परिवार लगायत सँग सोधपुछ तथा संपर्क गरेर उनलाई नेपाल पठाउने मेसो मिलाएको हो । थापा दलालका कारण अबैधरुपमा बसेको , तथा आबश्यक कागजात नहुँदा उद्दारमा समस्या भएपछि दुतावास मार्फत एक तर्फी उडान अनुमती सहित सम्पूर्ण कागजी तथा कानुनी प्रकृया पुरा गरी बिहीवार नेपाल पठाएको समितिका सभापति सुजन थापाले जानकारी दिए ।
उनको घाटीमा गहिरो चोट लागेको अवस्थामा भर्ना भएको र हाल स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएकोले नेपाल पठाउने खर्च तथा बिरामी सहित बिरामी सगैं रेखदेख जिम्मा लगाएर पठाएको सामाजिक सन्जाल टिकटक मार्फत चर्चित नमराज पाण्डे ( फुलेबुढा)ले बताए ।
बिरामी थापाले आफुलाई उद्दार गरेर नेपाल पठाउन लागेकोमा विमानस्थलमा उपस्थित सम्पूर्णलाई धन्यवाद समेत ब्यक्त गरेका थिए ।
रवि लामिछाने सभापती रहेको रास्वपाको युएईमा रहेको सस्था प्रवास नेपाली समन्वयब समिति पछीलो समय सामाजिक चेतना मुलक कार्यक्रम सहित सामाजिक सेवामा सकृय रहदै आएको छ ।

