दुबई । धरान हेल्पिङ ह्यान्ड्सको छैठौं महधिव्शन सम्पन्न भएको छ । यूएईमा कार्यरत धरानेहरुको साझा सामाजिक संस्था धरान हेल्पिङ ह्यान्ड्सको छैठौं महाधिवेशनले सर्व सहमतीमा नयाँ कार्यसमिति बनाएको छ ।
ईश्वर श्रेष्ठको अध्यक्षमा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा अनुप तामाङ, तिर्थ राई र ज्वाला श्रेष्ठ , महासचिव विक्रम तामाङ,सचिव मनोज मास्के, विनोद राई, देवान राई, रमेश खत्री र मनोज कुमार भुजेल, कोषाध्यक्षमा सुमित्रा लिम्बू र सहकोषाध्यक्षमा ओमप्रकाश शाह चयन भएका छन । त्यस्तै सदस्यमा रमेश श्रेष्ठ, मेघराज लिम्बू र असिम चाम्लीङ राई चुनिएका छन ।
दुबईको रेनट्री होटलमा आयोजना भएको कार्यक्रममा आदिबासी जनजाती महासंघ अन्तराष्ट्रिय समन्वय परिषद् तथा ग्लोबल गैर आवासिय नेपाली संघ, तदर्थ समिति यूएईका अध्यक्ष पासाङ शेर्पाको
प्रमुख आतिथ्यता तथा नेपाली समाजका सस्थापक अध्यक्ष चन्द्र प्रसाद सापकोटा,नेपाली समाज यूएईका उपाध्यक्ष रेशम खनाल, नेवा:पुचका अध्यक्ष विरेन्द्र नकर्मी, समाजसेवी सुधिर थापा, रुन्चे गायक प्रकाश पौडेल, पत्रकार उमाकान्त पाण्डे लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यतामा महाधिवेशन भएको थियो ।
संस्थाका प्रमुख संरक्षक तथा निर्वाचन समिति संयोजक सोम तामाङ, सदस्य प्रकाश देवान, किशोर मादेन समेतको समितिले नयां कार्यसमितिको घोषणा गरेको थियो । कार्यक्रमको स्वागत मन्तव्य ओमप्रकाश शाह, संगाठानिक प्रतिवेदन विक्रम तामाङ तथा आर्थिक प्रतिवेदन सुमित्रा लिम्वूले प्रस्तुत गरेका थिए ।
सस्थाले आफ्नो आयब्ययको हिसाब समेत पारदर्शी रुपमा सार्वजनिक गरेको छ । सस्थाले २९ हजार ४ सय ४ धिराम्स आर्थिक सन्कलन गरेको र त्यसबाट धरान मात्रै नभई अन्य संघसस्था सँगको सहकार्यमा समस्यामा परेका नेपाली नागरिकलाई सहयोग तथा उद्दार गरेको जनाएको छ ।
धरान हेल्पिङ ह्यान्ड्स यूएईमा पुरानो सामाजिक सस्थाको रुपमा सकृय रहदै सामाजिक सेवा सगै बिभिन्न खेलकुद गतिबिधी समेत गर्दै आएको छ ।
