पासपोर्ट बनाईदिने नाममा कामदारबाट अनुचित रुपमा रकम असुली गरेको समाचार प्रति गैर-आवासीय नेपाली संघ मकाउले ध्यानकर्षण भएको जनाएको छ । केही सञ्चार माध्यमले संघले नेपाली कामदारलाई फर्म भर्ने, कागजपत्र प्रिन्ट गर्ने जस्ता सेवा दिए बापत चर्को रकम असुल गरेको समाचार लेखेको भन्दै संघले आपति जनाएको हो ।
संघका अनुसार हिमालयन ट्रेडिङ जुन एनआरएन मकाउको कार्यलय भन्दा तल्लो तलामा रहेको व्यवसायिक कम्पनीले सेवाग्राहीको आवश्यकता अनुसारको व्यवसायिक सेवा (फर्म भर्ने, आवश्यक कागजातहरु तथा अनलाइन फर्म भर्ने र त्यसबापत प्रिन्ट फोटोकपी स्कयान) बापत आफ्नो नियमित सेवा शुल्क लिएको हो । तर, यसमा संघको कुनै आर्थिक तथा व्यवसायिक संलग्नता नभएको संघले स्पष्ट पारेको छ ।
थोरै समयमा धेरै जनालाइ सेवा प्रदान गर्न पर्ने भएकाले संघका कार्यालयले मात्रै पर्याप्त नभएको हुँदा उक्त व्यावसायिक ठाउँ पनि प्रयोग गरिने गरिएको संघले जनाएको छ । न्युनतम सेवा शुल्कमा कामलाई सहज गर्न हिमालयन ट्रेडिङले गरेको कार्यलाई गलत तरिकाले प्रस्तुत गरिएको संघले स्पष्ट पारेको छ ।
तर सञ्चारमाध्यमले आवश्यक भन्दा बढि रकम उठाउने र लुट्ने किसिमका जस्ता भ्रम शैलीका आरोप लगाइएको छ त्यसमा कुनै सत्यता नभएको र निश्चित स्वार्थ समुह मिलेर एनआरएनलाइ बदनाम गराउन लागेको संघले स्पष्ट पारेको छ ।
विगतका वर्षमा कोभिड महामारिको कारण हङकङ महावाणिज्यदूतबाट नियमित सेवा प्रदान हुन नसक्ने अवस्था आएको र केहि केही बिचौलिया समूहहरु विभिन्न व्यक्ति वा समुहले चिनजानको आधारमा राहदानि बनाउने भन्दै पैसा उठाउने र सम्पुर्ण पैसा क्यासिनोमा डुबाउने जस्ता गतिविधि भएका थिए ।
गलत प्रचार प्रचार–प्रसार गरेको र आर्थिक ठगी नक्कली धन्दामा संलग्न समूहले सर्वसाधारणलाई राहदानि बिहिन बनाएको अवस्था आएको हुँदा विकृति रोक्न व्यक्तिगत रुपमा नभइ सस्थागत रुपमा संघले महावाणिज्यदूतावासको सल्लाहमा यस्तो सेवा प्रदान गरेको संघले स्पष्ट पारेको छ ।
