Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»गैरआवसीय नेपाली संघको महिला सह-कोषाध्यक्षमा शर्माद्वारा उम्मेदवारी घोषणा
    मध्यपूर्व गतिविधि

    गैरआवसीय नेपाली संघको महिला सह-कोषाध्यक्षमा शर्माद्वारा उम्मेदवारी घोषणा

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए,आइसिसि)को आसन्न ११ औं महाधिवेशन अन्तर्गत महिला सहकोषाध्यक्ष पदका लागि एनआरएनए अभियन्ता तृष्णा शर्माले आफ्नो उमेदवारी घोषणा गरेकी छिन् ।शर्माले महिला सहकोषाध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेकी हुन्। महाधिवेशन असोज ३० देखि कार्तिक ३ गते अर्थात अक्टोबर (१७ देखि २०) काठमाण्डौंमा हुँदै छ ।

    सो निर्वाचनमा आफूले महिला सह-कोषाध्यक्ष पदमा उमेदवारी दिने गरी आवश्यक तयारीमा जुटिरहेको शर्माले जानकारी दिएकी छिन् ।

    हाल एनआरएनए, आइसिसिको उत्तरी अमेरिका क्षेत्रको महिला संयोजकको भूमिका निर्वाह गरिरहेकी उनले, संस्थाको थप महत्वपूर्ण पदीय जिम्मेवारी वहन गरी अन्तर्राष्ट्रिय स्तरमा संस्था र संस्थाका सदस्यहरुको हितार्थ काम गर्ने आफ्नो इच्छा भएको भन्दै शर्माले अग्रज, सहयोगी, सहकर्मी तथा संस्थाका सदस्यहरुले दिएको सल्लाह अनुसारनै महिला सहकोषाध्यक्ष पदमा आफूले उमेदवारी दिन लागेको दावी गरेकी छन्।

    आफ्नो उमेदवारी घोषणालाई थप पुष्टि गर्दै उनले भनिन्, ‘ लामो समयदेखि यस संस्थामा आबद्ध भइ विभिन्न पदमा रहेर काम गर्दै आइरहेको छु। थप महत्पूर्ण पदीय जिम्मेवारी वहन गरी अन्तर्राष्ट्रिय स्तरमा संस्था र सदस्यहरुको हितका लागि काम गर्ने इच्छा छ। त्यसैले, अग्रज, सहकर्मी, सहयोगी तथा शुभचिन्तकहरुको सल्लाह अनुसारनै महिला सहकोषाध्यक्ष पदमा उमेदवारी दिने निश्चित गरेको हुँ।’

    नेपालमा रहदा विभिन्न संघ संस्थामा आबद्ध रहेर समाजिक कार्यमा क्रियाशील रहेको र नेपाल बाहिर रहदा पनि एनआरएनए अभियानमा जोडिएर सामाजिक कार्यमा सक्रिय रहिरहेको बताउदै शर्माले भनिन्, ‘संस्थाको महत्वपूर्ण पद महिला सहकोषाध्यक्षको जिम्मेवारी वहन गरेर संस्था, संस्थाका सदस्यहरु, नेपाल र नेपालीको भलोका लागि थप योगदान पुर्याउन चाहन्छु।’

    संस्थामा आबद्ध भएदेखि नै प्रदान गरिएको विभिन्न पदीय जिम्मेवारीहरु कुशलतापूर्वक वहन गरेको दावी गर्दै उनले सोही आधारमा सदस्यहरुले यस पटक पनि आफूलाई महिला सहकोषाध्यक्ष पदको जिम्मेवारी सुम्पने विश्वास व्यक्त गरिन्।

    उनले भनिन्, ‘संस्थाको अभियानमा मैले खेलेको महत्पूर्ण भूमिकाहरु र पुर्याएको योगदानहरुका बारेमा सदस्यहरु पूर्ण रुपमा जानकार हुनुहुन्छ नै।

    उहाँहरुकै साथ सहयोगले सफल पनि भए। फेरी, उहाँहरुकै उत्प्रेरणाले थप महत्वपूर्ण जिम्मेवारी वहन गर्न यो उमेदवारी पनि घोषणा गरेको हुँ। र, उहाँहरुले सो जिम्मेवारी सुम्पनु हुने नै छ भन्नेमा म विश्वस्त पनि छु।’

    नेपालमा रुपन्देहीलाई आफ्नो मुख्य सामाजिक कार्य थलो बनाउदै बिगत लामो समयदेखि समाजिक क्षेत्रमा क्रियाशील रहदै आएकी शर्माले, सन् २००९ देखि अमेरिकाको, मासाच्युसेट्स राज्यको बोस्टनमा बस्दै आइरहेकी छिन्।

    बोस्टनमा रहदै बस्दै गर्दा उनी सन् २०१२ देखि एनआरएनएमा आबद्ध भएकी हुन्। उनले एनआरएनए, मासाच्युसेट्स, च्याप्टरको उपाध्यक्ष, राष्ट्रिय समन्वय परिषदको बोर्ड सदस्य र अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य पदको जिम्मेवारी सम्हाली सकेकी छन् भने, हाल उत्तरी अमेरिका क्षेत्रको महिला संयोजकको पदीय जिम्मेवारी वहन गरिरहेकी छिन्।

    शर्माले नेपाल र अमेरिकामा रहेका विभिन्न संघ संस्थाहरुमा प्रत्यक्ष परोक्ष रुपमा आबद्ध रहेर सक्दो सहयोगी भूमिका निर्वाह गर्दै आइरहेकी छिन्।

    एनआरएनएको विधानले मुख्य गरी वित्तीयसंग सम्बन्धित १ कोषाध्यक्ष, ३ सहकोषाध्यक्ष र १ महिला सहकोषाध्यक्ष पदहरुको व्यवस्था गरेको छ। संस्थामा वित्तीयसंग सम्बन्धित पदहरुमा कम्तीमा १ पद महिलाका लागि सुनिश्चितासहित महत्पूर्ण भूमिका र योगदानको अपेक्षा गर्दै यो पदको व्यवस्था गरिएको हो।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.