Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»समाज»पोखराका दुई महिला पत्रकार पुरस्कृत
    समाज

    पोखराका दुई महिला पत्रकार पुरस्कृत

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    रासस : नेपाल पत्रकार महासङ्घ कास्की शाखामा स्थापित ‘मीना सिर्जनशील पत्रकारिता पुरस्कार’द्वारा पोखरामा क्रियाशील दुई महिला पत्रकार पुरस्कृत भएका छन् । विसं २०७९ को सो पुरस्कार पत्रकार बिनुकुमारी थापा ‘बिनु’ र विसं २०८० को बालकुमारी पौडेल ‘तारा’लाई प्रदान गरिएको हो ।

    महासङ्घको सभाकक्षमा आज आयोजित पुरस्कार अर्पण समारोहमा गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले पत्रकारद्वयलाई नगद रु २० हजार एक सय ११ राशिसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।

    सो अवसरमा मन्त्री अर्यालले महिलाका लागि पत्रकारिता पेसालाई निरन्तरता दिनु चुनौतीपूर्ण भए पनि पछिल्लो समय पत्रकारिता क्षेत्रमा महिलाको प्रतिनिधित्व बढ्दै गएकामा खुसी व्यक्त गरे । उनले समाज रूपान्तरणको अभियानमा पत्रकारको अग्रणी भूमिका रहने उल्लेख गरे ।

    उनले प्रदेश सरकारले छिट्टै आमसञ्चार विधेयक ल्याउने बताए । “संसद्मा पेस भएर छलफलका लागि विषयगत समितिमा गएको छ, समितिमा व्यापक छलफल र सुझाव लिएर आवश्यक परिमार्जनसहित विधेयक पास गर्छौं”, उनले भने ।

    समारोहमा पुरस्कृत पत्रकारद्वय थापा र पौडेलले पुरस्कारबाट पत्रकारितामा थप क्रियाशील हुन प्रेरणा मिलेको प्रतिक्रिया दिए । महासङ्घ कास्की शाखाकी अध्यक्ष विमला भण्डारीले महिला र समावेशीकरणको मुद्दामा कलम चलाएवापत उनीहरुलाई पुरस्कृत गरिएको बताईन ।

    उक्त पुरस्कार कोष गण्डकी प्रदेशसभाका पूर्वसदस्य तथा उद्यमी मीना गुरुङले स्थापना गरेकी हुन । पुरस्कृत पत्रकार थापा पोखरा टेलिभिजन र पौडेल पोखरा सिटी डट कममा आबद्ध छन । उक्त पुरस्कार हरेक वर्ष महिला पत्रकारलाई प्रदान गरिँदै आएको छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    यूएई जान चाहिने प्रहरी रिपोर्ट र प्रमाणीकरण शुल्क बारे प्रशारित तथा प्रकाशित समाचार गलत: पररास्ट्र मन्त्रालय, हटाउन औपचारिक आग्रह

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.