झापा । डाक्टर प्रज्वल कोइरालाको शव कोशीको भंगालोमा भेटिएको छ । झापाको मदन भण्डारी ट्रमा सेन्टरमा करारमा नियुक्त डाक्टर कोइराला गत भदौ १० गतेदेखि अस्पतालमा बिरामी चेकजाँच गरी बेपत्ता भएका थिए ।
सुनसरी र उदयपुरको सीमाको कोशी पुलमा आफू चढ्ने गाडी, मोबाइल र पर्स छोडेर बेपत्ता भएका कोइरालाको शव वराहक्षेत्र नगरपालिका स्थित कोशीको भंगालोमा फेला परेको हो ।
कोशीमा माछा मार्नेहरूले भंगालोमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएपछि स्थानीयले प्रहरी र आफन्तलाई खबर गरेका हुन् ।
मृतकका बुवा दिवाकर कोइरालासहित दमक १ का वडाध्यक्ष हरिप्रसाद न्यौपानेको टोलीले शवको पहिचान गरेका थिए ।
Facebook Comments Box
