Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»साहित्य»साहित्यपोस्टको युएई संयोजकमा राज यात्री लम्साल
    साहित्य

    साहित्यपोस्टको युएई संयोजकमा राज यात्री लम्साल

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    नेपाली भाषा साहित्यको पहिलो दैनिक (इ) पत्रिका साहित्यपोस्टको युएई संयोजकको रुपमा गजलकार तथा गायक राज यात्री लम्साललाई नियुक्त गरिएको छ । सगरमाथा साहित्य प्रतिष्ठान युएईका प्रदेश इन्चार्ज समेत रहनु भएका गजलकार लम्साललाई दुबईमा गत अगस्ट २७ तारिख आइतबार आयोजित एक समारोहका बिच युएई संयोजकको जिम्मेवारी दिइएको हो ।

    साहित्यपोस्टको फेसबुक पेजबाट प्रसारण हुँदै आएको कार्यक्रम “साहित्यवार्ता : स्रष्टा र सिर्जना”द्वारा युएईको दुबईमा आयोजित “साहित्यवार्ता स्रष्टा सम्मान, बृहत् कवि गोष्ठी तथा साङ्गीतिक कार्यक्रम”का अवसरमा साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले गजलकार लम्साललाई युएई संयोजक घोषणा गर्नुभएको थियो ।

    रोजगारीको सिलसिलामा लामो समयदेखि युएईमा रहँदै आउनु भएका लम्साल विशेष गरी गजल लेखन र गायनमा रुची राख्नु हुन्छ । उहाँका केही गीतहरू रेकर्ड भएर बजारमा आइसकेका छन् । साथै उहाँद्वारा लिखित केही गीतहरू अन्य गायक गायिकाको आवाजमा रेकर्ड समेत भएका छन् ।

    मोरङको सुन्दरहरैँचा निवासी गजलकार लम्साल युएईमा पछिल्लो केही वर्षदेखि निजी व्यवसायमा आबद्ध हुनुहुन्छ । गजलकार लम्साल सगरमाथा साहित्य प्रतिष्ठानको फेसबुक पेजबाट प्रसारण हुँदै आएको कार्यक्रम “स्रष्टा र सिर्जना”का प्रस्तोता समेत हुनुहुन्छ ।

    साहित्यपोस्टसँग आबद्ध भएर काम गर्न पाउँदा आफूलाई निक्कै खुसी लागेको र यसले आफूमा थप जिम्मेवारी बोध गराएको लम्साल बताउनु हुन्छ । साहित्य सिर्जना र साहित्यिक रिपोर्टिङ अलग-अलग पाटो भएकाले युएई संयोजक बनेसँगै एक किसिमको चुनौती पनि थपिएको उहाँ उल्लेख गर्नुहुन्छ । क्षमताले भ्याएसम्म आफ्नो जिम्मेवारी पूरा गर्ने कोसिस सदैब रहने उहाँको भनाइ छ ।

    गजलकार लम्साल जस्तो जुझारु साहित्यिक व्यक्तित्वलाई साहित्यपोस्टमा आबद्ध गराउन पाउँदा खुसी लागेको प्रधानसम्पादक अश्विनी कोइराला बताउनुहुन्छ । युएई बसाइका क्रममा गजलकार लम्साललाई नजिकबाट चिन्ने र बुझ्ने मौका पाएकाले उहाँमा साहित्यप्रति ठुलो प्रेम र झुकाब रहेको आफूले पाएको कोइरालाले उल्लेख गर्नुभएको छ ।

    पछिल्लो दुई वर्षदेखि साहित्यपोस्टको युएई संयोजकको रुपमा कवि डिजी शर्माले काम गर्नुभएको थियो । अहिले कवि शर्मालाई साहित्यपोस्टको युरोप संयोजकको जिम्मेवारी दिइएको छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    यूएई जान चाहिने प्रहरी रिपोर्ट र प्रमाणीकरण शुल्क बारे प्रशारित तथा प्रकाशित समाचार गलत: पररास्ट्र मन्त्रालय, हटाउन औपचारिक आग्रह

    ३ महिना अगाडि

    ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.