Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 19
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»समाज»पुरुष हेर्ने नारी आँखा
    समाज

    पुरुष हेर्ने नारी आँखा

    शोभा खतिवडाBy शोभा खतिवडा३ वर्ष अगाडि7 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    शोभा खतिवडा

    अपवादबाहेक पुरुषका समर्पण साँच्चै पुजनीय छन्। नारीलाई सुख र सम्मानपूर्ण जीवन दिने पुरुषको सम्मान र आदर गर्न हामीले हिच्किचाउनु हुँदैन ।

    यो जगत्का सारा असल पुरुषजतिलाई तिनका असलपन, परिवार र समाजोपयोगी कार्यका लागि सम्मान गर्न हामी नारी र कतिपय पुरुष नै पनि किन हिच्किचाउँछौं ? जो हाम्रै माया, जतन अनि सुखमय, समृद्धिमय र सम्मानित जीवनका खातिर भौंतारिएका हुन्छन्। यस देशको विकास र समृद्धिका लागि जन्मथलो, कर्मथलोदेखि पराइभूमिसम्म कर्म गर्न, दुःख कष्ट भोग्न कताकता पुगेका हुन्छन्। कतिपय मरुभूमि अनि खनिज पदार्थका डरलाग्दा भट्टीमा मात्र होइन आणविक भट्टीमा समेत तापिएका र भुटिएका छन् अहोरात्र उफसम्म नगरी। ताता, चिसा ठाउँमा समेत खटिएका छन् ताकि परिवारको जीवन सुखमय बनोस् भन्नका खातिर। के त्यस्ता असल मानिसलाई र तिनका यस्ता असल एवं प्रशंसनीय, पूजनीय कर्मलाई पूजा, मान-सम्मान, माया र जतन गर्नु हाम्रो पनि त कर्तव्य हो, होइन र ? के हामी हरबखत सुख र सुविधा मात्र भोग्ने यति स्वार्थी प्राणी मात्र हौं त ? हाम्रो परिचय यति मात्र हो त यस्तो र हामी यति स्वार्थी र निर्दयी बन्न सक्छौं, या छौं त ? छौं भने न हौं र छाडौं स्वार्थी हुन।

    भन्न त धेरै सजिलो छ- के नै अचम्म गरे त पुरुषहरूले ? केटा मानिस भएर जन्मिएपछि नाथे यति काम। अनि परिवार पाल्न गरेको काम के नै ठूलो भयो र भनेर सहजै भनिदिन्छौं। मानिस त के लोग्नेमानिस हुन सजिलो छैन- कुनै पनि पुरुषलाई पारिवारिक जिम्मेवारी निर्वाह गर्न, सामाजिक जीवनका जिम्मेवारी निभाउन र देशकै पनि पदीय दायित्व निर्वाह गर्न।उफ्सम्म नगरी जस्तोसुकै जिम्मेवारी पूरा गरिरहेका हुन्छन् हरेक असल पुरुषहरूले। किनकि पुरुषलाई यस्तो पौरख र पुरुषार्थ गर्न सक्ने अति धीर, वीर र बहादुर स्वभावका भएका कारण नै पुरुष भनिएको हो।

    महाभारतको षष्ठम् खण्डको एउटा पंक्ति सम्झन्छु, ‘महाँ जीवात्मा सदा निर्विकार हुन्छ। जीवात्मा न (नारी) स्त्री हो न पुरुष। जीवात्माले आफ्नो कर्मअनुसार विभिन्न जातिमा जन्म लिन्छ। पुरुषोचित बहादुरीपूर्ण कर्म गरेर स्त्री पनि पुरुष झैं हुन सक्छे अनि स्त्री भावनायुक्त पुरुष तदनुरूप कर्म गरेर कर्मअनुसार स्त्री हुन सक्छ ।’ यही मन्त्रमा अडेर एकअर्काको सम्मान र आदरका आधारमा हामी अघि बढ्न सक्नुपर्छ। आआफ्ना भाग्यअनुरूप कर्म गर्न सकेको खण्डमा हामी पुरुष कर्मको खुलेर सम्मान गर्न सक्छौं र ? बहादुरी पूर्ण काम गर्ने र पुरुष कर्मको सम्मान गर्ने अनगिन्ती नारी नभएका भने पक्कै हैनन्। कति छौं कति ?

    खासगरी मानव जन्ममा दुइटा बनावट हुन्छन्- पुरुष र स्त्री। नारीले आफ्नो जीवनमा पटकपटक पवित्र मन र शरीर भत्काउन बाध्य छन् पुरुषका लागि। जुन पुरुषका हकमा हुनै नसक्ने प्रकृति हो। महिलाप्रति सम्मान र मायाको यो महत्वपूर्ण पाटो पनि हो। संसारभरिका नारीप्रति स्नेह भाव हरेक असल पुरुषमा जाग्छ नै। हुन त सृष्टिदेखि नै नारी-पुरुषको एकाकार आवश्यक थियो। त्यही आधारमा संसार र सृष्टिको रचना चल्दै आएको छ। नारीप्रतिको हिंसा असह्यजस्तै पुरुषप्रतिको हिंसा सह्यनीय बनेको हाम्रो समाजमा पुरुषप्रति हेय भाव राख्न हुँदैन र त्यसो भए समाज अघि बढ्दा सबै आड भत्किन्छन् ।

    युगौं बिते असल कर्म गर्ने पुरुषहरूका बहादुरी, असल कर्म, त्याग, पुरुषार्थ र बलिदानले यो धरा, हरेक घर-परिवार, समाज र राष्ट्र नै सजिएको। तर पनि पौरखी, असल पुरुषहरू हाम्रा आदरणीय बाबु, दाजु-भाइ, पति र छोरा असल साथी मित्र नै हुन्। अनि हरेक असल पुरुषहरू जो साँच्चै अर्थमा कर्ममय छन्, तिनका सत्कर्म, त्याग र बलिदानमय कर्मको सम्मान र हृदय खोलेर बयान गर्न भने कतिपय नारी र परिवारकै जोकोही सदस्य पनि सक्दैनौं। हामी स्त्री जाति पनि साँच्चै स्वार्थी भएका छौं, जुन स्त्रीलाई सुहाउने कुरै होइन। यति असल र त्यागमय कर्म गर्ने उनीहरू (पुरुष) प्रति कृतज्ञ बन्न सक्छौं। बरू उल्टै यो त पुरुषहरूको स्वाभाविक दायित्व हो, गर्नैपर्ने कर्तव्य हो भन्छौं ।

    नारीलाई धरती र देवीसित तुलना गरिएको छ- क्षमाशील, दयालु, ममतामयी, कोमल हृदयकी खानी भनेर। यो हामीप्रति गरिएको पुरुष सम्मान हो। यसबाट गौरवको महसुस गरौं असल नारी हस्ताक्षर बनेर ।

    फलानाले कति हो कति उन्नति त गरे अनि कति हो कति धन-सम्पत्ति, हिरा, सुन जवाहरात सात पुस्तालाई पुग्ने गरी जोडिसके। हजुर, तपाईं, तिमीले के नै गर्‍यौ र ? केही गर्नै पो सकेनौ। बरु यति नाथे गरेको पनि के नै गरेको भन्नु लाजैमर्दो भन्दै हतोत्साहित गर्छौं। ह्या, कस्तो लाछी तिमी त भन्दै छ्या ! भनिदिएको समेत पो सुन्छौं। अरूको जति गर्नै सकेनौ पो भनेर सजिलै उसको स्वाभिमानमा प्रहार गरिदिन्छौं। चोट पुग्ने गरी या हृदय छियाछिया हुने गरी भनिदिन्छौं अथवा नजानिँदो पाराले जागिरमा भए भ्रष्टाचार, बाहिर भए बिचौलिया, केही काम नगर्ने भए चोरी, अपराधी कर्म गर्नसमेत प्रोत्साहन गर्छौं। अनि उनै पुरुष कर्मलाई हामी हेलाँ गर्छौं ।

    उनीहरूको स्वाभिमान, संघर्ष, त्याग र बलिदानको खिल्ली पो उडाइदिन्छौं। कस्तो हो यो हाम्रो संस्कार ? हाम्रो नैतिकता ? सोचौं- यसको बदलामा हामी त पूर्ण समर्पित बनेका छौं या उनका घर, बालबच्चा हेरिदिएका छौं। सित्तैमा पालेको ‘नोकर’ झैं बनेर पनि भनिरहेका हुन्छौं। मानौं घर-परिवार उनैको मात्र भएर हामी महिलाको नभए झैं। के एउटा मानिसको अथक् संघर्ष, त्याग र बलिदानलाई हामीले पनि सकेको साथ, हौसला, ऊर्जा थपिदिन पर्दैन र ? के पुरुषका कर्मलाई हृदयदेखि नै इमानदार बनेर सम्मान गर्नु पर्दैन र ? के पुरुष हामीलाई अनेकौं सुख-सुविधाका लागि श्रम र पसिना बगाउने त्यागी मानिस हैन र ? हाम्रै लागि मरिमेट्ने निःस्वार्थ मानिस हैन र ? न झिलिमिली गहना लुगा न त शृंगारपटार। केवल घर, परिवार र सन्तानको खुसीका लागि असल कर्म गर्ने त्यो निःस्वार्थ मानिस हैन र ? उसका आफ्ना चाहना र सुखका सपना छैनन् र ?

    साना कमजोरी भेटिए पनि महिलाले पुरुषमाथि अनेकौं प्रहार गरिहाल्न पनि हुँदैन। अर्काकी छोरीलाई जीवन साथी बनाएर उसका लागि आफ्ना असल कर्मले सुख र समृद्धिमय जीवन प्रदान गर्ने निःस्वार्थ मानिस हैन र पुरुष ? आफ्ना दिदी, बहिनी र छोरीका लागि आफ्नो पौरख र मेहनत गरिदिने मानिस हैन र ? हामीले आज त शिक्षा हासिल गर्‍यौं। हिजो त हामीलाई सुख र समृद्धिमय जीवन यिनैले दिएका हैनन् र ? हो, आज नारी पनि सफल, कर्मशील र उदार मना भएका छन् तर इतिहास केलाऊँ त। ठूला-ठूला युद्धदेखि पुरुषार्थहरू पुरुषबाटै भएका छन् र त्यागमय र समर्पणमय कर्म पुरुषबाटै भएका छन्। अपवादमा पुरुष पापी नभएको पक्कै हैन। यति पापी पनि भएका छन् कि तिनका पाप कर्म कल्पना गर्नसमेत सकिन्न। लेख्न खोज्दा हात काम्छन् ।

    यस्तै नारीले पनि केही पाप कर्म गरेकै छैनन् त ? सबै नारी दूधले नुहाएका हुन्छन् र ? अपवादबाहेक पुरुषका समर्पण साँच्चै पुजनीय छन्। नारीलाई सुख र सम्मानको जीवन दिने पुरुषको सम्मान र आदर गर्न हामीले हिच्किचाउनु हुँदैन। हो, अन्याय र अत्याचार गर्ने (पुरुष हुन् या नारी) जोकसैलाई माफ नगरौं र न्यायिक रूपमा दण्डित गरौं। विनापक्षपात पूर्णरूपमा असल र कर्मशील पुरुषलाई मन, वचन र कर्मले सम्मान गरौं। हो, असल पुरुषले हामीले उदाहरणसम्म दिन नसक्ने उत्कृष्ट र असल कर्म गरेका छन्। देवताका पालादेखि नारीलाई अब्बल दर्जाको सम्मान दिएर कतै लक्ष्मी, कतै सरस्वती, कतै देवी, कतै जगदम्बा, कतै ईश्वरी मानेर पुजेका छन्। आफ्ना पौरखले नारीका नाममा मठमन्दिर, घर, दरबारमा सजाएर अनि आमा, छोरी, दिदी, बहिनी, साथी, मित्र, पत्नीका खातिर आफ्नो खुसी र सुख भुलेका छन्। तिनको सम्मान र उच्च मूल्यांकन मन, वचन र कर्मले गरौं।

    हुन त पुरुष र महिलाका विषयमा कुरा गर्दा जीवन र जगत्का बारेमा पनि हामीले बुझ्न जरुरी हुन्छ। जीवन र जगत्को सम्बन्धको व्याख्या गर्न जरुरी छ। हुन त जीवन केवल कर्म मात्र हो। कर्ममा जीवन हुन्छ। आस्था र विश्वास जीवनका आधार मात्र हुन्। पानीले जीवन दिनु र पानी आफैंले जीवन जिउनु फरक विषय हुन्। पानीको घुट्काले मानव चोला अडेको छ भने पानीको वेग बढ्दा सबै डामाडोल, सखाप र पानी नहुँदा मरुभूमि। त्यसैले भन्दै आएकी छु- मानव जीवन एक अब्बल राजमार्ग हो, जहाँ हामी सुन्दर तरिकाले विचार पुर्‍याएर सफल यात्रा गर्न सक्छौं।

    भनिन्छ- जीवनले असल कर्म बताउँछ। कर्मका कारण जीवन सार्थक र निरर्थक हुन जान्छ। सार्थक जीवनले नै दिगो शान्तिको पहल गर्छ। निरर्थक जीवनमा जहिल्यै हिंसा उद्वेलित हुन्छ। फलस्वरूप शान्ति, प्रतिशान्ति र हिंसा, प्रतिहिंसा देखा पर्छ। जीवनमा शान्ति र हिंसा उसैभित्र निहित हुन्छन्। यसैले असल बाटो हिँडौं। पुरुषका असल कर्ममा साथ, हौसला, जतन, माया, मान र सम्मान गरौं र पुरुषले सम्मान गर्ने नारी बनेर सकेको सुखद र असल साथ प्रदान गरौं ! अरूलाई मान गरौं। असल कर्मले सुखद जीवन दिन्छ। खराबलाई पनि असल जीवनका लागि अभिप्रेरित गर्दै सम्मान गर्न सिकौं। नारीलाई धरती र देवीसित तुलना गरिएको छ- क्षमाशील, दयालु, ममतामयी, कोमल हृदयकी खानी भनेर। यो हामीप्रति गरिएको पुरुष सम्मान हो। यसबाट गौरवको महसुस गरौं असल नारी हस्ताक्षर बनेर।

    Facebook Comments Box

    Author

    • शोभा खतिवडा
      शोभा खतिवडा

      खतिवडा शिक्षिका हुन् ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    यूएई जान चाहिने प्रहरी रिपोर्ट र प्रमाणीकरण शुल्क बारे प्रशारित तथा प्रकाशित समाचार गलत: पररास्ट्र मन्त्रालय, हटाउन औपचारिक आग्रह

    ३ महिना अगाडि

    ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.