साउदी एनआरएनले पायो महिलाको नेतृत्व
हालखबर अनलाईन ।
गैर आवासीय नेपाली एसोसिएसन मध्यपूर्वमा कतै समानान्तर नेतृत्व चयन भइरहेको बेला साउदी एनआरएनले भने महिलाको नेतृत्व पाएको छ । र्गैर आवासीय नेपाली एसोसिएसन साउदीको नेतृत्वमा रबिना अर्यालले जिम्मेवारी पाएकी हुन् ।
हालै सम्पन्न संस्थाको नवौं महाधिवेशनबाट सन् ०२३–२५ कार्यकालका लागि अर्याल सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन् । उनी साउदीको नृतृत्वमा पहिलो महिला अध्यक्ष हुन् ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमेश भट्टराई, उपाध्यक्षहरुमा राजकुमार गिरि, कृष्णकुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुवेदी चयन भएका छन् । यस्तै महासचिवमा शुक्र तामाङ, सचिवमा ध्रुब कटुवाल तथा कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सह–कोषाध्यक्षमा दुर्गाबहादुर काउचा, छन् । युवा संयोजकमा बिष्णु रावत, महिला संयोजकमा लक्ष्मी थापा मगर चयन भएकी छिन् । संघको सदस्यहरूमा देवीबहादुर कार्की, युवराज पोखरेल, पदमबहादुर महत, दिपक ढुंगाना, अमृतबहादुर तामाङ, धर्मेन्द्र कार्की र ओमप्रकाश काफ्ले रहेका छन्। आईसीसी सदस्यहरूमा रामबहादुर क्षेत्री, दिपक रेग्मी र विशालकुमार श्रेष्ठको नाम रहेको छ ।
निर्वाचित अध्यक्ष अर्यालले प्रवासमा रहेका श्रमिक र श्रमजीवी नेपालीको हकहितमा सधै अग्रसर रहने र साउदीमा रहेका विभिन्न संघसंस्थासंग सहकार्य र समन्वय गरि काम गर्ने प्रतिवद्धता जनाएकी छिन् ।