यूएई । प्रथम धरान हेल्पिङ ह्याण्ड्स कपको उपाधी लमजुङ फूटबल क्लबले जितेको छ । नखिल गोर्खा क्लबलाई हराउदै लमजुङले उपाधी चुमेको हो । निर्धारित समयमा दुवैपक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टी सुट आउटमा ५-४ गोल अन्तरले लमजुङ उपाधीको दावेदार बन्यो । यूएई फुटबल संघको संयोजन तथा धरान हेल्पिङ ह्याण्ड्सको आयोजनामा अलकुजस्थित डलुस्को मैदानमा भएको प्रतियोगितामा युएई भरका १६ वटा टीमको सहभागिता थियो । जसमा आबुधबीको नखिल गोर्खा क्लब , दुवईको लमजुङ फूट्बल क्लब ,न्यू ब्वाइज फूट्बल क्लब र ग्रीन सिटी इलाम फूट्बल क्लब सेमिफाइनलमा प्रवेश गरेका थिए । उपाधी दावेदार मानिएको नखिल गोर्खा क्लब न्यू ब्वाइज फूट्बल क्लबलाई २-१ ले हराउदै फाइनल प्रवेश गर्यो ।
यस्तै लमजुङ फूट्बल क्लबले ग्रीन सिटी इलाम फूटबल क्लबलाई १ – ० ले पराजित गरेर फाइनल प्रवेश गर्यो । फाइनल खेलमा लमजुङ फूट्बल क्लबले खेलको पहिलो हाफमा कप्तान विशन श्रेष्ठको गोलबाट आग्रता बनाएको थियो भने पहिले हाफको अन्त्यमा न्यू ब्वाईजका तर्फबाट १ गोलका साथ बराबरी भयो । दोस्रो हाफपछि कुनैपनि गोल हुन सकेन ।
त्यसपछि पेनाल्टी सुटआउटबाट बिजेता छनोट भयो । प्रतियोगिताको बिजेता टीमले ७ हजार १ सय ११ दिहराम (करिब २ लाख ६२ हजार रुपैँय ) सहित ट्रफी र प्रमाण प्रत्र पाएको छ । प्रतियोगितामा दोस्रो हुने टीमले ४ हजार १ सय ११ धिराम (करिब १ लाख ११ हजार रुपैँया ) सहित ट्रफी र प्रमाण प्रत्र पाएको छ । उत्कृष्ट कोच, उत्कृष्ट किपर र उत्कृष्ट खेलाडीको उपाधी लम्जुङ फूट्बल क्लबले जितेको छ ।
यस्तै उत्कृष्ट डिफेन्डर ,उत्कृष्ट मिड फिल्डर उत्कृष्ट डिफेण्डरको उपाधी न्यू ब्वाइज फूटबलले पाएको छ । उत्कृष्ट फरवार्डको उपाधी भने ग्रीन सिटी इलामका सबैभन्दा कान्छा खेलाडी मनिश शेरचनले पाए। यस्तै हाइस्कोरको ट्रफी भने नखिल गोर्खा क्लबका सुदिल राईले जिते ।

प्रतियोगिताको उद्घाटन ग्लोबल गैर आवासिय नेपाली सघ एनसिसीका सल्लाकार तथा धरान हेल्पिङ ह्याण्ड्स युएइका संरक्षक सुधिर थापाले गरे। खेलको उद्घाटनमा विषेश अतिथीका रुपमा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितीका सचिब मनोज कुमार श्रेष्ठ, ग्लोबल गैर आवासिय नेपाली संघ एनसिसी यूएईका अध्यक्ष पासाङ शेर्पा, नेपाली समाजका अध्यक्ष बेदप्रसाद आर्याल, प्रवासी नेपाली सम्पार्क विभागका अध्यक्ष सुजन थापा, इनास यूएईका एमडि बोहोरा, नेपाली जनप्रगतिशिल मंचका पूर्वअध्यक्ष बाबुराम विश्वकर्मा, प्रभु बैकका युएई प्रमुख प्रकाश पौडेल ,यूएई नेपाली फूट्बल संघका सस्थापक अध्यक्ष मुक्ति गुरुङ ,सस्थापक कुल लेप्चा, बर्तमान अध्यक्ष अनिल शेर्पा लगायतको उपस्थित थियो । प्रतियगितामा क्लब समन्वयवको भुमिकामा एन्फा उपाध्यक्ष दिपेन्द्र भण्डारी तथा कोषाध्यक्ष स्वीकार राई थिए ।
प्रतियोगिताको बिजेता र उपबिजेतालाई नेपाली समाजका अध्यक्ष बेदप्रसाद अर्याल, महासचिव केदार कूवँर , यूएई फूटबल संघका अध्यक्ष अनिल शेर्पा, सस्थापक अध्यक्ष मुक्ति गुरुङ ,धरान हेल्पिङ ह्याण्ड्सका अध्यक्ष तथा खेल संयोजक ईश्वर श्रेष्ठ लगायतले संयुक्तरुपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।
