ओखलढुंगाको रुम्जाटारमा यसवर्ष कोदोको उत्पादन बढेको छ । यसवर्ष धेरै वर्षा भएपछि बाली फस्टाएर कोदोको उत्पादन बढेको कृषकहरुले बताएका छन् ।
रुम्जाटारका सम्म चउरमा कोदोको बाला पोटिलो र ठूलो लागेको उनीहरुले बताएका छन् । रूम्जाटारमा कोदो उत्पादन बढी हुने गर्छ । यहाँका कृषकलाई अहिले कोदो टिप्न भ्याइनभ्याइ छ । कोदो रोप्दा होस् या टिप्दा यहाँ अर्म पर्म गरेर काम गर्ने चलन छ ।
रुम्जाटारको संस्कृतिसँग समेत कोदो जोडिँदै आएको छ । कोदो रोप्दा र टिप्दा माइती र चेली जोड्ने पर्मेली परम्परा र पर्मेली गीत गाएको यहाँ देख्न सकिन्छ ।
रूम्जाटारकै पहिचान बन्दै गएको रुम्जाटारको कोदो बढी मात्रामा जिल्लामै र कोशेलीका रूपमा विभिन्न जिल्लामा खपत हुने गरेको छ ।
Facebook Comments Box