Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»धर्म संस्कृति»पाँचथरमा प्रदेशस्तरीय फोटो प्रदर्शनी
    धर्म संस्कृति

    पाँचथरमा प्रदेशस्तरीय फोटो प्रदर्शनी

    हालखबर अनलाइनBy हालखबर अनलाइन१ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पाँचथरको फिदिममा पर्यटन, संस्कृति, जैविक विविधता र पर्यावरण विधा सम्बन्धित तस्बिरहरुको कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक फोटो प्रदर्शनी सम्पन्न भएको छ।

    जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रदर्शनीमा कोशी प्रदेशका पर्यटकीय र धार्मिक स्थलसँगै विभिन्न जाति जनजाति र जैविक विविधता सम्बन्धित तस्बिरहरु प्रदर्शनी गरिएको हो।

    आयोजकलाई प्राप्त भएका २७० तस्बिरमध्ये छनौटमा परेका ४८ तस्बिर प्रदर्शनीमा राखिएको आयोजक फोटो पत्रकार महासंघ पाँचथरका अध्यक्ष भवानी तावाले बताए ।

    पर्यटन कार्यालय काँकडभिट्टासँगको सहकार्यमा नेपाल फोटो पत्रकार महासंघ पाँचथर शाखाले फिदिम बजारको बीपी पार्कमा २ दिनसम्म फोटो प्रदर्शनी गरेको हो ।

    दुई दिनको अवधिमा पाँच सय भन्दा धेरै नागरिकले राखिएका तस्बिरहरु अवललोकन गरेको आयोजकको दाबी छ । प्रदर्शनीमा राखिएमध्ये पर्यटकीय स्थल र जैविक विविधता सम्वन्धित तस्बिरले ध्यान तानेको अवलोकनकर्ताहरुको प्रतिक्रिया थियो ।

    प्रतियोगितात्मक प्रदर्शनीमा खोटाङका सरोज चाम्लिङ, संखुवसभाका गंगा विष्ट र काठमाडौँका एपी तोलाङ क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदै क्रमशः २०, १५ र १० हजार रुपैयाँ नगद सहित पुरस्कृत भए । यस्तै, फिदिमका सुगम ढुंगाना उदियमान फोटो ग्राफरको उपाधिसहित ५ हजार रुपैयाँ नगदसहित पुरस्कृत भए ।

    तस्बिर मार्फत पर्यटन प्रवर्द्धन गर्न प्रतियोगितात्मक फोटो प्रदर्शनी आयोजना गरिएको पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छबिलाल खतिवडाले बताए ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    विमानस्थल खुलेपछि कुन-कुन देशबाट आउँदै छन् जहाज, यस्तो छ तालिका

    ७ महिना अगाडि

    यूएईमा ‘नेपाल फेस्टिभलमा ’ देखिएको नेपाली मोह !

    १२ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.