Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 26
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»उर्जा/पर्यटन»यूएईमा ‘नेपाल फेस्टिभलमा ’ देखिएको नेपाली मोह !
    उर्जा/पर्यटन

    यूएईमा ‘नेपाल फेस्टिभलमा ’ देखिएको नेपाली मोह !

    रुपेश अधिकारीBy रुपेश अधिकारी१ वर्ष अगाडि4 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    युनाईटेड अरब ईमिरेट्स (यूएई) को व्यापारिक सहर दुवाईमा ‘नेपाल फेस्टिभल डे २०२५’ सफलता पूर्वक सम्पन्न भएको छ। आइतबार दुबईको प्रसिद्ध क्रिक पार्कमा ५० हजार भन्दा बढीको उपस्थितीमा यो फेस्टिवल सम्पन्न भएको हो। कार्यक्रममा विदेशी नागरिक सहित ४० हजार नेपालीको उपस्थिति रहेको थियो।

    अबुधावी स्थित नेपाली दूतावासको संरक्षणमा गैरआवासीय नेपाली संघ, विभिन्न नेपाली समुदाय, सम्पर्क समिति, जनजाति समुदायलगायतको उपस्थितिमा यो कार्यक्रम भएको दूतावासले जनाएको छ। पश्चिम एसियाली मुलुकहरुमा भएको यति भव्य कार्यक्रम यो पहिलो हो। यो स्तरको कार्यक्रम अहिलेसम्म खाडी मुलुकहरुमा नभएको लामो समयदेखि खाडी मुलुकमा रहेका नोपलीहरु नै बताउँछन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना भएको थियो। उनी स्वास्थ्य समिटमा सहभागी हुन त्यहाँ पुग्ने अवस्थालाई मिलाएर नै यो कार्यक्रम तय गरिएको थियो। ‘नेपाली कला, संस्कृति, पर्यटन, व्यापार तथा नेपाली पहिचानको उत्सव’ को रुपमा यो फेस्टिभललाई भनिएको छ।

    नेपाली राजदूतावास, अबुधाबीको संरक्षकत्व र समन्वयमा गैरआवासीय नेपाली संघ, यूएई, नेपाली समाज यूएईलगायत यूएईमा रहेका सम्पूर्ण सामाजिक संघसंस्थाहरुको संयुक्त पहलमा पहिलो पटक यस्तो कार्यक्रम भएको हो।

    मन्त्री पौडेलले नेपाल प्राकृतिक सुन्दरता र सांस्कृतिक वैभवताले भरिपूर्ण देश भएको हुँदा हामीले हाम्रो मौलिक संस्कृति, परम्परा, भाषा, साहित्य, संगीत, कला र पर्यटनलाई विश्वसामु परिचित गराउँदै समग्र नेपालको पर्यटन उद्योगको विकासमार्फत जनताको सुनौलो भविष्य निमार्णका लागि योगदान गर्नुपर्ने बताए।

    ‘नेपालको प्राकृतिक छटा र सांस्कृतिक विविधताको अनुभव लिन मित्रराष्ट्रका विदेशी नागरिकहरुलाई कम्तिमा पनि एकपटक अवश्य नेपाल भ्रमण गर्न म अनुरोध गर्छु। र, यहाँहरुले पनि एक नेपालीले एक विदेशीलाई यस्तो अनुरोध गरेर पठाउन सकेमात्र पनि नेपालको विकास छिटो हुनेछ,’ उनले भने, ‘नेपाल र यूएईबीच द्विपक्षीय सहयोगका प्रचुर सम्भावनाका क्षेत्रहरु छन् । पर्यटन, व्यापार, लगानी, शिक्षा, स्वास्थ्य तथा कृषिका क्षेत्रहरुमा दुईदेशबीच सहकार्य गरी अघि बढ्न सकिने छ।’

    स्वास्थ्य क्षेत्रको सुधारका लागि नेपाल सरकारले उच्च प्राथमिकतासाथ काम गरिरहेको बताउँदै आफ्नो यूएईको भ्रमणका क्रममा नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि सहयोग र सहकार्य गर्न आग्रह गरेको कुरा समेत उनले जानकारी दिए। उनले विदेशमा रहेका नेपाली श्रमिकहरुले टेलीमेडिसिन सेवा मार्फत स्वास्थ्य उपचार सेवा लिन सक्ने जानकारी गराउँदै मृगौला तथा गभ्मीर प्रकृतिको रोगको उपचार गर्न नेपाल सरकारले आर्थिक सहयोग समेत उपलब्ध गराइरहेको जानकारी दिए।

    नेपाली रोजगारीको लागि यूएई एक प्रमुख लोकप्रिय गन्तव्य मुलुक हो। २०२४ को यूएई सरकारको डाटाअनुसार नै ६ लाख नेपाली प्लस नेपाली यहाँ कार्यरत छन्। त्यसबाहेक पनि अरु नेपाली रहेकाले करिब ७ लाख नेपाली यूएईमा रहेका छन्। विदेशमा रहने सम्पूर्ण नेपालीहरु सद्भावना राजदूतको रुपमा रहेकाले सधैँ नेपालको इज्जत र प्रतिष्ठा कायम गरी अनुशासित, इमान्दार र कर्तव्यनिष्ठ भइ एकआपासमा मिलेर कार्य गरेकै कारण पनि नेपालीको माग विदेशमा बढेको हो।

    यूएईका लागि नेपाली राजदूततेजबहादुर क्षेत्रीले फेस्टिभलमा नेपालको सांस्कृतिकविविधताको प्रदर्शनले नेपालको विविध संस्कृति, कला, भेषभुषा, खाना, रहनसहन नेपालको पहिचान भएकाले यस प्रकारका कार्यक्रमले नेपाल र यूएईको सम्बन्धलाई अझ प्रगाढ र घनिष्ट बनाउँदै सांस्कृतिक कूटनीतिका माध्यमबाट दुई देशका जनताबीच जोड्ने सेतुको रुपमा कार्य गरेको र यसबाट नेपालको पर्यटन, लगानी तथा व्यापार अभिवृद्धि गर्न थप योगदान पुग्ने बताए।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकास र समृद्धिका लागि नेपालमा नै लगानी भित्र्याउन यूएईमा रहेका नेपालीलाई आह्वान गरेका थिए। गैरआवासीय नेपाली संघ, यूएईका अध्यक्ष विकास शाहीले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सबैलाई हार्दिक आभार व्यक्त गरेका थिए।

    कार्यक्रममा सिङ्गो नेपाललाई प्रतिबिम्बित गर्ने नेपालको परम्परागत झाँकी, नृत्यहरु प्रस्तुत गर्नुका साथै नेपालबाट आएको सांगीतिक समूह सुरसुधालगायतका ख्यातिप्राप्त कलाकारहरुको सांगीतिक तथा नृत्य प्रस्तुति रहेको थियो। त्यसले उपस्थित सबैमा उत्साह जनाएको थियो। कार्यक्रममा यूएई सरकारका उच्च पदाधिकारी, विभिन्न देशका राजदुत तथा कूटनीतिक नियोगका प्रमुख, विभिन्न अन्तर्रराष्ट्रिय कम्पनीमा कार्यरत विदेशी नागरिक शुभचिन्तकसहित ५० हजार मानिसले अवलोकन गरेका थिए।

    फेस्टिवलमा नेपाली खानेकुरा, पर्यटन, हस्तकला तथा नेपाल झल्काउने किसिमका विभिन्न ५० भन्दा बढी स्टलहरु राखिएका थिए। सबैले अड्कल गरेको भन्दा बढी नेपालीको उपस्थिति हुनाले त्यहाँ खानेकुराको समेत अभाव भएको थियो। केहीले भाषणभन्दा पनि संगीतमा जोड दिन भन्दै हल्ला गरिरहेका थिए। केहीले सरकारको आलोचना पनि गरिरहेका थिए। पौडेलको भाषण लामो भएको भन्दै उनलाई गाली गलौच पनि गरेका थिए।

    त्यति धेरै नेपाली एकै स्थानमा जम्मा हुँदा पनि कुनै ठूलो घटना नहुने र सबै एक अर्काप्रति हार्दिकता देखाउनुले नेपालीले नेपालप्रति देखाएको सद्भाव र मायाको एकीकृत रुप पनि दुबईमा देखिएको थियो। नेताहरु यहाँ आएर यहाँको विकास हेर्दै त्यो अनुरुप मुलुकको पनि विकास गर्न सक्नुपर्ने भन्दै उपस्थित भीडले नारा लगाइरहेका थिए।

    एफएनसीसीआईका अध्यक्ष एवं उद्यमी ढकाल बोलिरहँदा कार्यक्रमस्थलबाट केहीले कोशी प्रदेशको ताप्लेजुङमा निर्माण गर्न लागिएको केवलकारको विरोध गरेका थिए। तर शान्त रुपमा प्रस्तुत ढकाल हाँसे। विकास गर्ने हो, यहाँहरुकै साथमा काम गर्ने हो भन्दै उनले थपे, ‘विदेशमा कमाएको केही हिस्सा देशमा लगानी गर्नुपर्छ। यहाँहरु यसमा सकारात्मक भएर मुलुक फर्कनु हुने अपेक्षा गरेका छौँ।’

    कार्यक्रममा नेपाली खानाको परिकार, नेपाल चिनाउने विभिन्न वास्तुकला, वित्तीय परामर्श तथा रेमिट्यान्स सम्बन्धी जानकारी, ट्राभल एण्ड टुरिज्मसम्बन्धी जानकारी लगायतको स्टल राखिएको थियो। दर्शकको चाप र नाराबाजीका कारण नेपालबाट आएका केही कलाकारको प्रस्तुतिमा समेत ढिलाई भएको थियो। बिहान १० बजे सुरु भएको कार्यक्रम राति १० बजेसम्म चलेको थियो।

    Facebook Comments Box

    Author

    • रुपेश अधिकारी
      रुपेश अधिकारी

      झापा स्थायी घर भएका अधिकारी यूएईमा रहेर पत्रकारिता गर्दै आएका छन् । उनीसँग नेपालमा हुँदा रेडियो र विभिन्न पत्रपत्रिकामा काम गरेको अनुभव पनि छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.