प्रधानमन्त्री केपी शर्मा ओलीले आज लक्ष्मीपूजाको अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा लक्ष्मीपूजाको शुभकामना व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमा लक्ष्मीपूजाको शुभकामना व्यक्त गर्दै “आज तिहारको लक्ष्मीपूजा सबैको घरआँगन उज्यालो होस् सबैको परिवारमा सुखशान्ति छाओस् ” लेखेका छन् ।
शुभकामना सन्देशमा उहाँले तिहारमा दीपको उज्यालो प्रकाश जग्मगाउने र फूलहरुको सुगन्ध फैलने साथै पशुपन्छी र मानवबिचको सम्बन्ध, त्यसैगरि दाजुभाइ दिदीबहिनीको स्नेह सम्झाउने चाड तिहार भएको उल्लेख गरे ।
Facebook Comments Box
