Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»समाज»व्यापारीको सहयोगमा पार्टी कार्यालय बनाउनु कार्यकर्ता र मतदाताकाे अपमान हाे : एमाले नेतृ पाण्डे
    समाज

    व्यापारीको सहयोगमा पार्टी कार्यालय बनाउनु कार्यकर्ता र मतदाताकाे अपमान हाे : एमाले नेतृ पाण्डे

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ – नेकपा एमालेको स्थायी कमिटी सदस्य विन्दा पाण्डेले व्यापारी मीनबहादुर गुरूङबाट जग्गा लिने र उनैले पार्टी कार्यालय भवन बनाइदिनुले एमालेका कार्यकर्ता र मतदाताको अपमान भएको बताउनुभएको छ ।

    पाण्डेले व्यापारीको पैसामा भवन बनाउने कदमले पाँच लाख पार्टी सदस्य र २८ लाख जना मतदाताको अपमान भएकोले यो गलत निर्णय तत्काल सच्चाउन आग्रह पनि गर्नुभएको छ ।

    व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै भए पनि राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत भएको विन्दा पाण्डेले फेसबुकमा उल्लेख गर्नुभएको छ ।

    ‘दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा, जानकारीसमेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती साबित हुनेछ ।’ पाण्डेले लेख्नुभएको छ ।

    मनमोहन अधिकारी र मदन भण्डारीहरुले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पङ्क्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनैपर्ने विन्दा पाण्डेको माग छ । विवादमा परेका व्यापारीको प्रत्यक्ष लगानी र सहयोगमा पार्टी मुख्यालय बनाउने कार्यप्रति एमालेका अरु नेताहरुले पनि असन्तुष्टी जनाएका छन् ।

    भाटभटेनी सुपरमार्केटका प्रमुख मीनबहादुर गुरुङले काठमाण्डौको कीर्तिपुरमा १० रोपनी भन्दा धेरै जग्गा दान दिएर एमालेको केन्द्रीय कार्यालय बनाइदिँदै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली र गुरुङले केही दिनअघि भवनको शिलान्यास समेत गरिसक्नुभएको छ ।

    मीनबहादुर गुरुङले आउँदो वर्षको घटस्थापनाको दिनसम्म भव्य भवन तयार पारेर एमालेलाई दिने वाचा गरिसक्नुभएको छ । बालुवाटारको जग्गा हिनामिना प्रकरणमा मीनबहादुर गुरुङ पक्राउ परेको बेला एमालेका अध्यक्षसमेत रहनुभएका ओलीले गुरुङको बचाउ गर्नुभएको थियो ।

    कतिपयले मीनबहादुर गुरुङले करोडौँ रुपैया खर्चेर एमालेको मुख्यालय बनाइदिन लागेको विषयलाई बालुवाटार जग्गा प्रकरणसँग पनि जोडेर चर्चा गरिरहेका छन् ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    यूएई जान चाहिने प्रहरी रिपोर्ट र प्रमाणीकरण शुल्क बारे प्रशारित तथा प्रकाशित समाचार गलत: पररास्ट्र मन्त्रालय, हटाउन औपचारिक आग्रह

    ३ महिना अगाडि

    ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

    ४ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.