Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Monday, April 27
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»आर्थिक»शेयर कारोबारमा कीर्तिमान, झन्डै २२ अर्बको किनबेच
    आर्थिक

    शेयर कारोबारमा कीर्तिमान, झन्डै २२ अर्बको किनबेच

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं । तीन वर्षपछि शेयर बजारमा कीर्तिमानी कारोबार भएको छ।
    एकै दिन २२ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएर नयाँ ऐतिहासिक उचाइ देखिएको हो। शेयर बजार परिसूचक नेप्से पनि २.३८ प्रतिशतले बढेको छ।


    पछिल्ला तीन सातादेखि नै लगातार बढ्दो क्रममा रहेको नेप्सेको उत्साह बुधबार पनि कायम रह्यो। कारोबार भएकामध्ये १९१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ, जसमध्ये २१ वटा कम्पनीको शेयर मूल्यमा १० प्रतिशत हाराहारीको वृद्धि भएको छ।

    बुधबार शेयर बजार परिसूचक ६४।२६ अंकले बढेर दुई हजार ७६० बिन्दु पार गरेको छ। त्यस्तै, कारोबार रकम २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ पुगेको छ। तीन वर्षअघिको उच्च कारोबारका तुलनामा पनि यो धेरै हो। २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको थियो।
    बजारमा बढ्दो कारोबारले लगानीकर्ताको उत्साहलाई देखाउँछ। झन्डै तीन वर्ष शिथिल रहेको शेयर बजारमा पछिल्लो एक महीनामा असाधारण वृद्धि देखिएको छ।
    यसबीचमा लगानीकर्ताको सम्पत्तिको मूल्यमा झन्डै ११ खर्बको वृद्धि भइसकेको छ। नेप्से परिसूचकमा पनि ७०० अंकभन्दा बढीले सुधार आएको हो।
    बुधबार युनाइटेड अजोड इन्सुरेन्स, गोर्खा फाइनान्स, श्री इन्भेष्टमेन्ट, रिलायन्स फाइनान्स लगायत कम्पनीको शेयर मूल्यमा सर्वाधिक धेरै १० प्रतिशतले बढोत्तरी भएको छ।
    यस्तै, हिमालयन रिइन्सुरेन्स, माउन्टेन हाइड्रो, शिवम सिमेन्ट जस्ता कम्पनीको शेयरको सर्वाधिक कारोबार भएको छ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    नेपाल- जापान ७० औँ वर्षगाँठ, राष्ट्रपति पौडेल जापानमा

    ३ महिना अगाडि

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.