Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»विश्व»नेपालमा धर्म विरुद्द भ्रम फैलाउन अमेरिकाले पैसा दिएको बिषय अमेरिकी सिनेटको संसदीय समितिमा चर्चा
    विश्व

    नेपालमा धर्म विरुद्द भ्रम फैलाउन अमेरिकाले पैसा दिएको बिषय अमेरिकी सिनेटको संसदीय समितिमा चर्चा

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    एजेन्सी । नेपालमा नास्तिकता फैलाउन अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले ५ लाख अमेरिकी डलर अर्थात् ६ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम खर्च गरेको भनी त्यहाँका एक सांसदले दिएको अभिव्यक्ति यति बेला चर्चामा छ ।

    फ्लोरिडाबाट जितेका रिपब्लिकन सांसद ब्रायन मास्टले उक्त प्रसंग कोट्याउँदै नेपालमा धार्मिक आस्थामा विश्वास नराख्ने मानिसहरुका लागि उक्त रकम किन खर्च गरियो भनी प्रश्न उठाएका हुन् । उनले यसअघि पनि गत सेप्टेम्बरमा यस्तै प्रश्न उठाएर अमेरिकी संसदमा विदेश मामिला समितिसमक्ष औपचारिक पत्र लेखेका थिए ।

    दुई वर्षअघि रिपब्लिकन पार्टीकै अर्का सांसद तथा पूर्वसभामुख न्युट ग्रिनरिचले बाइडेनलाई पाँच लाख डलर धार्मिक परियोजनामा खर्च गरेको आरोप लगाउँदा यस्तै वादप्रतिवाद चलेको थियो । मास्टको टिप्पणी रिपब्लिकन सिनेटरहरुले उठाउने गरेको प्रश्नकै निरन्तरताका रुपमा आएको देखिन्छ ।

    मास्टले शुक्रबार अमेरिकी सिनेटको संसदीय समितिमा आठ मिनेट यही विषयको वरिपरि आफ्ना धारणा राखेका थिए । आफूले दिएको प्रस्तुतिलाई मास्ट आफैंले शुक्रबार ट्वीटरमा राखे ।

    अमेरिकामा राष्ट्रपति चुनावको सम्मुख डेमोक्र्याट र रिपब्लिकन सांसदहरुबीच धार्मिक, लैंगिक, वातावरण र विभिन्न देशहरुबारे लिइएको नीति लगायतका विषयमा लगातार घोचपेच चलिरहेको छ ।

    शुक्रबार संसदीय समितिको आफ्नो प्रस्तुतिमा सांसद मास्टले बाइडेन प्रशासनका विदेश राज्यमन्त्री रिचार्ड राहुल बर्मालाई लक्षित गर्दै धर्मको विरोध र नास्तिकतालाई प्रवर्द्धन गर्न रकम नेपालमा किन पठाइयो भनी प्रश्न गरे । ‘आधा मिलियन डलर नेपालमा नास्तिकता फैलाउन पठाइएको छ, अहिले उनीहरु संसदमा झुटो विवरण दिनका लागि उपस्थित भएका छन्’, मास्टले दाबी गरेका छन् ।

    नेपालसम्बन्धी प्रसंगमा बोल्दै रिपब्लिकन सांसद मास्टले अमेरिकी नागरिकले करबापत तिरेको आधा मिलियन डलर अर्थात पाँच लाख डलर रकमलाई नेपालमा कुन उद्देश्यले खर्च गरिएको हो भनी प्रश्न उठाएका छन् ।

    राज्यमन्त्री बर्माले त्यस्तो उद्देश्यका लागि नेपालमा कुनै रकम नपठाइएको, धार्मिक स्वतन्त्रताको सम्मान गर्ने अमेरिकी नीति सधैं रहेको भन्दै बचाउ गरे ।

    ‘हामीले कुनै धर्मलाई वा धर्मइतरका मानिसलाई प्रवर्द्धन गर्नका लागि कुनै रकम दिने गर्दैनौं, त्यस्तो टिप्पणी गर्नु अनुपयुक्त हुन्छ’, बर्माले जवाफ दिएका छन् ।

    मास्टले डोनाल्ड ट्रम्प राष्ट्रपतिबाट बाहिरिनेबित्तिकै अफगानिस्तान, हुथी, गाजा लगायत क्षेत्रमा पैसा मनलाग्दी खर्च गरिएको आरोप लगाएका छन् । कोलम्बियामा समलिंगी यौनकर्मीहरुलाई समेत अमेरिकाको स्टेट डिपार्टमेन्टले यौनिकताको आधारमा र छालाको रंगको आधारमा बढाइँचढाइँ गर्दै रकम बाँड्ने गरेको उनको आरोप छ ।

    रिपब्लिकन सांसदहरु जातीय अल्पसंख्यक, आप्रवासी शरणार्थीजस्ता मुद्दामा कठोर धारणा राख्ने गर्छन् ।

    कुनै बेला अमेरिकी सेनामा रहेका मास्टले राष्ट्रिय सुरक्षालाई लिएर विगतमा डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा लिएका नीतिहरुको खुला समर्थन गरेका छन् ।

    यमनमा हुथी बिद्रोहीको आक्रमण, इक्वेडर, अफगानिस्तान, इजरायल–प्यालेस्टाइनको विवादित क्षेत्र गाजा लगायत ठाउँमा अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको प्रशासनले लिएका नीतिहरुको आलोचना पनि गरेका छन् ।

    अर्का सिनेटर क्रोउले धर्मको आधारभूत अधिकारलाई प्रवर्द्धन गर्नका लागि यो अनुदान जाने गरेको रेकर्ड रहेको भन्दै मास्टको बचाउ गरेका छन् । मास्टलगत्तै बोल्ने क्रममा उनले अमेरिकी राज्यप्रशासनले धर्मका नाममा पैसा बाँडिएको प्रकरणबारे स्पष्ट पार्न माग गरे ।

    यसअघि न्युट ग्रिनरिचले पनि अमेरिकाका कट्टरपन्थी विचार राख्ने पत्रिकाहरुमा छापिएका समाचार उद्धृत गर्दै बाइडेन प्रशासनमाथि धर्म विरोधी अभियानलाई सघाउ पुर्‍याएको आरोप लगाएका थिए । उनका आरोपहरुको अमेरिकी सरकारले खण्डन गर्दै धार्मिक स्वतन्त्रता, व्यक्तिगत हक अधिकारका विषयलाई अमेरिकाले सधैं पक्ष लिने बताएको थियो ।

    अमेरिकी सरकारले नेपालमा तथा अन्यत्र नास्तिकताको प्रवर्द्धन नगरेको, धार्मिक स्वतन्त्रताको पक्षपोषण गर्ने पहिलेदेखिकै नीति भएको, अनि आधारभूत मानवअधिकारको पक्ष लिएको भनी दिएको जवाफमा रिपब्लिकन सांसदले चित्त बुझाएका छैनन् ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    यूएई जान चाहिने प्रहरी रिपोर्ट र प्रमाणीकरण शुल्क बारे प्रशारित तथा प्रकाशित समाचार गलत: पररास्ट्र मन्त्रालय, हटाउन औपचारिक आग्रह

    ३ महिना अगाडि

    ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

    ४ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.