हालखबर अनलाइन । सहयोगी मनहरु नेपाल सस्थाले झापा अर्जुनधारा नगरपालिका ८ तुतवारी टोलका विपन्न परिवारलाई जाडोको न्यायो कपडा वितरण गरेको छ ।
एक कार्यक्रमकाबीच १७ घरधुरीलाई जाडोमा आड्ने कम्बल , डसन्ना, र म्याट वितरण गरिएको संस्थाका महासचिव विष्णू उप्रेतीले हालखबरलाई बताए । कार्यक्रमका प्रमुख अतिथि तथा अर्जुनधारा नगरपालिका –८ का वडा अध्यक्ष कुमारप्रसाद उप्रेतीले टोलका अति विपन्न परिवारका यसोदा मगर, लिला मण्डल , पोरेश मण्डल, अकालु मण्डल, रामप्रसाद राजवंशी, नन्दकुमार मुसर, फागुलाल चौधरी, रेनुका किस्कु, नम्रता हेमरम, सबिना मुर्मु, टेक बहादुर राई, राम बहादुर भुजेल, खम्बु राना मगर, रिया ऋषि देव, पूर्ण देवी बाँस्कोटा, श्याम दनुवार र धनमाया लम्जेललाई १-१ थान कम्बल, डसना र म्याट वितरण गरेका हुन् ।

कार्यक्रममा सहयोगी मनहरु नेपालका महासचिव बिष्णु उप्रेतीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संस्थाले स्थापना कालदेखि विभिन्न समस्यामा परेकालाई आर्थिक सहयोग, विपन्न परिवारलाई सेवा तथा स्वास्थ्य शिविर जस्ता कार्य गदै आएको जानकारी गराएका थिए ।
भिमप्रसाद आचार्यको सभापतित्व तथा अर्जुनधारा नगरपालिका ८ का वडा अध्यक्ष कुमार उप्रेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सस्थाका उपाध्यक्ष सुमनराज रिमाल महासचिव विष्णु उप्रेती , सदस्यहरु सुजता गुरुङ मगर, दिपा अधिकारी ,दिपेश खनाल ,ख्याम ढुंगेल लगायतको उपस्थिति थियो ।
