हालखबर अनलाइन , झापा । सहयोगी मनहरु नेपालको आयोजनामा दमकमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । सामाजिक कार्यमा अग्रसर यस संस्थाले आँखा रोगीहरुको समस्यालाई ध्यानमा राखेर शिविरको आयोजना गरेको हो ।
दमक नगरपालिका ९ नम्बर वडा कार्यालय, निम्स हस्पिटल दमकको व्यवस्थापन र मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा आयोजना गरिएको विशेषज्ञसहितको शिविरमा २ सय ९२ जनाले स्वास्थ्य सेवा लिएका छन् । जसमध्ये २५ जनामा मोतियाविन्दु फेला परेको छ ।
१३ जनाको अप्रेसन गरिएको संस्थाका महासचिव विष्णु उप्रेतीले जानकारी दिए । दमक ९ को शहरी स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आवश्यक औषधी निशुल्क वितरण गरिएको थियो।

शिविरमा संस्थाका अध्यक्ष भिमप्रसाद आचार्यको अध्यक्षता तथा दमक ९ का वडाअध्यक्ष कुवेरप्रसाद भट्टाराईको प्रमुख आतिथ्य रहेको थियो ।निम्स हस्पिटलका अध्यक्ष उमाकान्त आचार्य, शहरी स्वास्थ्य केन्द्र दमक ९का इन्चार्ज जयमन्त पण्डित, शिव टोल विकास समितिका अध्यक्ष तथा नगर स्वास्थ्य शहरी स्वास्थ्य केन्द्रका सोमराज तामाङ, सेतुवारी सहकारी संस्थाका अध्यक्ष दिपक खनाल, स्थानीय समाजसेवी समीन रिजाल, इन्द्र श्रेष्ठ, प्रमोद ठाकुरलगायतको आतिथ्य रहेको थियो ।
सहयोगी मन नेपालले समस्यामा परेका नेपालीहरुलाई विभिन्न तरिकाले सामाजीक सहयोग गदै आएको छ । २०७८ सालमा स्थापना भएर सामाजीक कार्यमा संलग्न संस्थामा ९६ जना आवद्द सदस्य रहेका उप्रेतीले बताए ।
