Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    २ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    २ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    २ महिना अगाडि
    Facebook Twitter Instagram
    Tuesday, May 26
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»विश्व»बाङ्लादेशका नोबल पुरस्कार विजेता युनुसलाई जेल सजाय
    विश्व

    बाङ्लादेशका नोबल पुरस्कार विजेता युनुसलाई जेल सजाय

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    हालखबर अनलाइन । बाङ्लादेशका नोबल पुरस्कार विजेता मोहम्मद युनुसलाई त्यहाँको एक अदालतले ६ महीनाको जेल सजाय तोकेको छ। देशको श्रम कानून उल्लंघन गरेको आरोपमा उनलाई जेल सजाय भएको हो। उनले स्थापना गरेको मोबाइल फोन कम्पनी ‘ग्रामीण टेलिकम’ ले आफ्ना मजदूरका निम्ति कल्याणकारी कोष स्थापना नगरेको भन्दै उनलाई दोषी प्रमाणित गरिएको हो।

    प्राध्यापक युनुस बाङ्लादेशकी प्रधानमन्त्री शेख हसिनाको आलोचकका रूपमा चिनिंदै आएका छन्। उनका समर्थकले अहिलेको फैसला पनि राजनीतिक उद्देश्यप्रेरित भएको आरोप लगाएका छन्।

    अदालतले आदेश गरे लगत्तै प्राध्यापक युनसले भनेका छन् – अदालतमा मेरा वकीलहरूले तर्क गरे जस्तै यो आदेश अहिलेसम्मका सबै नजीर र तर्क विपरीत छ । म सबै बाङ्लादेशी जनतालाई अन्यायको विरुद्ध आवाज उठाउन र लोकतन्त्र एवं हामी सबैको मानव अधिकारको पक्षमा उभिन आह्वान गर्छु।

    लघुवित्त मार्फत गरीब जनताको उन्नतिका लागि काम गरेकै कारण युनुसले सन् २००६ मा नोबल पुरस्कार पाएका थिए। ८३ वर्षीय युनुसको समर्थनमा गत भदौमा १७० भन्दा बढी विश्वका नेता र नोबल पुरस्कार विजेताले हसिना समक्ष अनुरोध गरेका थिए।

    बाङ्लादेशका नोबल पुरस्कार विजेता युनुसका पक्षमा विश्वका नेता र नोबल विजेताको आह्वान

    सन् २००८ मा सत्तामा आएदेखि नै हसिना सरकारले युनुसमाथि छानबिन शुरू गरेको थियो। खासगरी सन् २००७ मा युनुसले राजनीतिक दल गठन गर्ने घोषणा गरेपछि उनी क्रुद्ध भएकी थिइन्। त्यति वेला सेना समर्थित सरकार थियो र हसिना जेलमा थिइन्। यद्यपि युनुसले घोषणा गरे जस्तो राजनीतिक दल स्थापना गरेनन्।

    युनुसले नेताहरूको रुचि पैसामा मात्रै भएको भन्दै आलोचना गरेका थिए। हसिनाले भने ग्रामीण ब्यांकको प्रमुखका रूपमा उनले गाउँका गरीब महिलाबाट पैसा उठाउन बल र अन्य माध्यम प्रयोग गरेको भन्दै ‘रगतचुसाहा’ को संज्ञा दिएकी थिइन्।

    हसिना नेतृत्वको सरकारले सन् २०११ मा ग्रामीण ब्यांकको कामकारबाहीको समीक्षा गर्न थालेको थियो। सरकारको सेवानिवृत्ति सम्बन्धी नियमहरू उल्लंघन गरेको भन्दै युनुसलाई प्रबन्ध निर्देशक पदबाट हटाइएको पनि थियो। सन् २०१३ मा उनलाई सरकारको अनुमति विना पैसा लिएको आरोपमा मुद्दा पनि चलाइएको थियो, जसमा नोबल पुरस्कार र उनको पुस्तकको रोयल्टीको विषय पनि उठाइएको थियो।

    पछि उनले स्थापना गरेका अन्य कम्पनीका विषय लिएर उनलाई अन्य मुद्दा पनि लगाइयो, जस अन्तर्गत ग्रामीण टेलिकमको विषय पनि थियो। ग्रामीण टेलिकम बाङ्लादेशको सबैभन्दा ठूलो मोबाइल फोन कम्पनी ‘ग्रामीण फोन’ को अंग हो, जुन आफैंमा नर्वेली टेलिकम कम्पनी टेलेनरको शाखा हो।

    अदालतको आदेशमाथि टिप्पणी गर्दै उनका एक वकील अबदुल्लाह अल ममुनले भने, “यो अहिलेसम्मै नभएको फैसला हो। सिंगो मुद्दामा कानूनी प्रक्रिया पूरा गरिएकै छैन। यो केवल युनुसको अन्तर्राष्ट्रिय छवि बिगार्ने नियत मात्रै हो। हामी यस विरुद्ध पुनरावेदनमा जानेछौं।”

    (बीबीसीको सहयोगमा )

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नेपालमा विकसित घटनाक्रम नजिकबाट हेरिरहेका छौं – भारत

    ९ महिना अगाडि

    भारत र अमेरिकाको सम्बन्ध बिग्रिदै, ट्रम्पको भ्रमण स्थगित

    ९ महिना अगाडि

    शान्ति सैनिकमाथि लेबनानमा प्रदर्शनकारीको आक्रमण, नेपाली सेनाका उपरथी ढकाल घाइते

    १ वर्ष अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ७ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.