काठमाडौं । भारतले नेपालमा विकसित पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले जेनजीको प्रदर्शनका क्रममा युवाहरूको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरेको छ ।
‘हामी नेपालमा हिजोदेखि देखिएका घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं । अनेकौं युवा जीवनको क्षतिबाट हामी गहिरो दु:खी भएका छौं,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘मृतकका परिवारप्रति हाम्रो समवेदना व्यक्त गर्दछौं । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’
नेपालसँगको नजिकको मित्रता र छिमेकीको नातालाई जोड दिँदै संयमता अपनाउन र समस्याहरूलाई शान्तिपूर्ण संवादमार्फत समाधान गर्न सबै पक्षलाई भारतको आग्रह छ ।
Facebook Comments Box
