काठमाण्डौँ । चलचित्र ‘पशुपति प्रसाद २ ः भष्मे डन’ को व्यावसायिक सुरुवात राम्रो भएको छ । निर्माता तथा लेखक खगेन्द्र लामिछानेले पहिलो दिन नै दुई करोड चालिस लाखको हाराहारीमा व्यापार गरेको बताए ।
“दसैँको कारणले हरेक दिनको हिसाब सार्वजनिक गर्न कठिन भएको लामिछानेले बताए । यद्यपि चलचित्र भवनमा पुगेर दर्शकको प्रतिक्रिया लिँदा उत्साहित भएको र दर्शकको उपस्थितिले व्यापार राम्रो गरेको सङ्केत लामिछानेको भनाई छ । सातवर्ष अगाडी प्रदर्शन भएको ‘पशुपति प्रसाद’ को दोस्रो श्रृङ्खलाको रुपमा निर्माण भएको नेपाली चलचित्र ‘पशुपति प्रसाद २ ः भष्मे डन’ मा शीर्ष भूमिका अभिनेता विपिन कार्कीले निर्वाह गरेका छन् ।

@halkhabaronline.com
चलचित्र भवन पुगेर दर्शकबाट प्राप्त गरिरहेको प्रतिक्रियाले मेहनतको फल पाएको आभास भएको कार्कीले जनाए । यसलाई ‘पशुपति प्रसाद’ को दोस्रो भाग वा पात्र विशेषलाई लिएर तयार गरिने ‘स्पिन अफ’ भन्न नमिल्ने निर्देशक दीपेन्द्रकुमार खनालले बताए । चलचित्रमा रवीन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे, सौगात मल्ल, स्वस्तिमा खड्का लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
चलचित्रका वितरक करण श्रेष्ठले चार दिनमा ६ करोड बढीको कुल व्यापार (ग्रस कलेक्सन) गरेको जानकारी दिए । उनले थपे, “चलचित्र भवनमा पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेका छौँ । नेपालभर नै चलचित्र भवनमा दर्शकको उपस्थिति राम्रो छ । पहिलो दिनकै हाराहारीमा यसले प्रत्येक दिन व्यापार गरिरहेको छ ।
