Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Monday, April 20
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»आर्थिक»धितोपत्र बजारका सबै क्षेत्र एनआरएनका लागि खुल्ला गरिने
    आर्थिक

    धितोपत्र बजारका सबै क्षेत्र एनआरएनका लागि खुल्ला गरिने

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    हालखबर/काठमाडौ । धितोपत्र बजारका सबै क्षेत्रमा अब एनआरएनले लगानी गर्न पाउने भएका छन । नेपाल धितोपत्र बोर्डले गरेको एक अध्ययनले एनआरएनएलाई सबै क्षेत्रमा लगानी गर्न सुझाव दिएको छ ।

    बोर्डले एनआरएनलाई धितोपत्रको दोस्रो बजारमा भित्र्याउने विषयमा सञ्चालक सदस्य सुजनकुमार काफ्लेको नेतृत्वमा गठन गरेको समितिले यस्तो सुझाव दिएको हो । जसमा बोर्डका विज्ञ सदस्य भोलानाथ ढुंगाना सदस्य, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ सदस्य र बोर्डकै सदस्यसचिव दीपा दाहाल सदस्य रहेका थिए । समितिले चार महिनाको अध्ययनपछि प्रतिवेदन तयार पारेको हो ।

    एनआरएनएलाई धितोपत्र बजारमा लगानी गर्न विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा १० मा संशोधन गरिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । ‘गैरआवासीय नेपालीले नेपालको धितोपत्र बजारमा तोकिए बमोजिमका क्षेत्र तथा उपकरणमा लगानी गर्न सक्ने व्यवस्था गर्नुपर्ने र यसरी लगानी गर्ने क्षेत्र तथा उपकरणका सम्बन्धमा नेपाल सरकारसँगको समन्वयमा नियामक निकायले समय–समयमा तोकेबमोजिम व्यवस्था गर्नुपर्ने’ भन्ने बुँदालाई ऐनमा नै राख्नुपर्ने प्रतिवेदनको सुझाव छ ।

    बोर्डले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ का केही बुँदाहरू संशोधन गर्नुपर्ने, नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डले पनि केही नयाँ व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

    त्यस्तै, एनआरएनएले धितोपत्रको दोस्रो बजारमा गरेको लगानीबाट आर्जित मुनाफा तथा लाभांशको विप्रेषणको हकमा वार्षिक १० लाखसम्म फिर्ता लैजान सक्ने व्यवस्था गर्न सुझाव दिएको छ । यसका लागि सरकारले विदेशी लगानी ऐनको दफा २० लाई संशोधन गर्नुपर्ने जनाएको छ ।

    साथै, बजारमा सुरुमा गरिएको लगानी रकम फिर्ता लैजान चाहेमा सीमा नलाग्ने व्यवस्था गर्न सुझाएको छ ।

    साथै, एनआरएनएले व्यक्तिगत रूपमा धितोपत्रसम्बन्धी दोस्रो बजारमा कारोबार गर्न पाउने व्यवस्था गर्नुपर्ने, लगानीका लागि स्वीकृति लिनुपर्ने व्यवस्था हटाउनुपर्ने, नियमनकारी निकायबाट जारी नियमावलीबमोजिम लगानी गर्न सकिने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ ।

    सरकारले चालू आर्थिक वर्ष ०८०/८१ को बजेटमार्फत एनआरएनएलाई नेपालको धितोपत्र बजारमा प्रवेश गराउने व्यवस्था गरेको थियो । तर, सरकारले जलविधुत तथा उत्पादन क्षेत्रमा मात्रै लगानी गर्ने वातावरण मिलाउन भनेको थियो । तर, बोर्डले गरेको अध्ययनले लगानीका लागि सबै क्षेत्र खुल्ला गर्नुपर्ने सुझाव दिएको हो ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.