दुबई । नेपाली समाज युएईले दुबईमा एक महिने निशुल्क स्वास्थ्य शिविर सन्चालन गरिरहेको छ । दुबईमा रहेको किम्सहेल्थ मेडिकल सेण्टर सँगको सहकार्यमा समाजले महिनाव्यापी स्वास्थ्य शिविर चलाएको हो ।
युएईमा कार्यरत नेपाली समुदायको लागि भन्दै समाजले सेप्टेम्बर दोस्रो आइतबारबाट स्वास्थ्य शिविर सुरु गरेको हो । स्वास्थ्य शिविर अक्टोबर पहिलो आइतबारसम्म रहने छ ।
सेप्टेम्बरको दोस्रो आइतबार पहिलो दिन ३० जनाले, तेस्रो आइतबार (१७)मा दोस्रो दिन २० जनाले, चौथो आइतबार तेस्रो दिन ४० जनाले सेवा लिएको समाजका महासचिव केदार कुंवरले जानकारी दिए ।
साथै आगामी आइतबारपनि बर दुबईमा स्वास्थ्य शिविर रहने भएकाले दुबईमा रहनुहुने नेपाली हरुले स्वास्थ्य परिक्षण गरेर फाईदा लिनुहुन समाजका अध्यक्ष वेदप्रशाद अर्यालले अनुरोध गरेका छन ।

