दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालका लागि राजेन्द्र कुमार (आरके) शर्माले आज उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ । शर्माले आफ्नो कर्मभूमी कतारमा बुधबार एक बृहत समारोहका बीच अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्ने भएका हुन । विश्वभरका एनआरएन सँगको भेटघाट तथा छलफलपछी शर्माले कर्मभूमिबाट उम्मेद्वारी दिने घोषणा गरेका हुन ।

शर्माले आफ्नो कर्मभूमि कतारको राजधानी दोहास्थित रेडीसन ब्लु होटलमा एक कार्यक्रमका बीच औपचारिक उम्मेदवार घोषणा सभा गर्न लागेका हुन् । अध्यक्षका प्रत्यासी शर्माले औपचारिक उम्मेद्वार घोषणा सभामा आफ्ना २४ बुँदे वाचापत्र सार्वजनिक गर्ने कार्यक्रम राखेका छन् ।
शर्माको उम्मेदवारीलाई मध्यपुर्वमा मात्रै होइन , संसारभर चासो पुर्वक हेरिएको छ । शर्माको उम्मेदवारी घोषणा कार्यक्रम चुनावपछिको बिजय उत्सव सरह गरिदै भएकोले पनि थप धेरैको ध्यान त्यता केन्द्रित भएको हो ।

कार्यक्रममा विश्वका धेरै देशबाट एनआरएनए अभियन्ताहरु प्रत्यक्ष सहभागिता जनाउन कतार आएका छन ।
कार्यक्रममा मध्यपुर्वमा रहेका सबै एनसीसी, अन्य संघ सँस्था र कतारमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहनेछ । हालसम्म एनआरएन उपाध्यक्ष डिबि क्षेत्री,उपाध्यक्ष रोविन्द प्रसाद श्रेस्ठ,महिला उपाध्यक्ष यास्मीन वेगम,महासचिव गौरी राज जोशी,सचिव खगेन्द्र न्यौपाने,एनआरएनए सह कोषाध्यक्ष टंक गैरे,एनआरएनए अभियन्ता राजु सैयद,कल्याण श्रेष्ठ,मध्यपुर्व संयोजक मनोज गोर्खाली र राजेन्द्र अर्याल,एनसिसी युएईका पुर्व अध्यक्ष रमेश श्रेष्ठ कतार पुगेका छन ।
त्यस्तै एनसिसी युएईकाअध्यक्ष बिकास शाही, एनसिसी साउदी अरबकी अध्यक्ष रविना अर्याल,एनसिसी बहराईनका अध्यक्ष राजु श्रेष्ठ,एनसिसी ओमानका अध्यक्ष विकल झा,एनसिसी ईराकका अध्यक्ष विनोद श्रेष्ठ,एनसिसी कुवेतका अध्यक्ष रण लामा,अन्तरास्ट्रिय चितवन समाजका अध्यक्ष समिर केसी लगायत उपस्थिति भई सकेका छन ।
शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन् । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आइसिसी सदस्य, मध्यपूर्व संयोजक,आइसिसी सचिव र उपाध्यक्ष भएर काम गरेका छन । उम्मेदवारी घोषणा कार्यक्रम सन्चालन गर्न शर्माले नेपालबाट कलाकार सन्दिप क्षेत्रिलाई समेत कतार भित्राएका छन । त्यस्तै कार्यक्रममा शर्माले नेपालबाट दर्जनौ पत्रकारलाई समेत कतार पुराएका छन ।
