आबुधावी । गैर आवासीय नेपाली संघ (एनआरएन)को आगामी निर्वाचनमा केन्द्रीय कोषाध्यक्ष पदमा ठाकुर प्रसाद ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबरमा हुने एनआरएनए निर्वाचनमा उनले केन्द्रीय कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
एनआरएनए एनसीसी युएईको अध्यक्ष तथा त्यस अघी आईसीसी सदस्य समेत रहेका ढुंगानाले एनआरएन आइसीसीमा कोषाध्यक्षका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
धादिङको नीलकण्ठ ५ खाल्टे घर भई हाल युएईमा व्यवसाय गरिरहेका ढुंगाना २०११ देखि एनआरएनए अभियानमा सकृय छन् । व्यवसाय संगै उनले परदेशमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीको दुखसुखमा साथ दिदै आइरहेका छन् । स्थापित पर्यटन व्यवसायीको छवी बनाएका ढुंगाना आर्थिक व्यवस्थापन, श्रोत परिचालन, पारदर्शी आर्थिक प्रणाली तथा लेखा सम्बन्धि बिषयमा गहिरो ज्ञान राख्दछन् ।
सन् २०१७-१९ र १९-२१ मा आईसिसि सदस्य रहेर काम गरिसकेका ढुंगानाले २०१७-१९ मा नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘अतिथि देवो भव’ अभियानको समेत नेतृत्व गरेका थिए । उक्त अभियानमा देशको बारेमा प्रचार गर्दै विश्वभरि पुग्ने क्रममा धेरै साथीभाई कमाएको र सोही उत्प्रेरणाले यो कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको ढुंगानाको दावी छ ।
आइएलओ कान्डपछी विवादमा फसेको एनआरएन युएईलाई मिलाउन सफल भएका डुङ्गाना पछील्लो समय युएईमा सर्वमान्य एनआरएनए अभियान्ताको रुप्मा चिनिन थालेका छन । एनसीसी युएईको समस्या समाधान गर्न उनलाई अध्यक्ष बनाएर आईसिसिले पठाएको थियो । उनले सबै समस्याको समाधान गरी नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गराएका कारण उनी लोकप्रीय छन ।
मलेसिया र मध्यपुर्वका आम श्रमिकको दुःख वुझेको र हरदम सहयोग गर्न तत्पर रहने नेतृत्वका रूपमा एनआरएनए भित्र ढुंगााना चिनिन्छन् । युरोप अस्ट्रेलिया अमेरिका डायस्पोराका आवश्यकता, गैर आवासीय नागरिकता र नेपालको विकासमा गैर आवासीय नेपालीहरूको भुमिका सूनिस्चित गर्न पहलकदमी लिने उनले प्रतिवद्धता समेत जनाएका छन् ।
नेपालको आर्थिक ऊन्नतिका अवरोधहरू त्यसको निराकरण गर्ने विधि र तरीका र गैर आवासीय नेपालीहरूको योगदान र भुमिका विषयमा स्पस्ट भिजन सहित उनले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारीका विषयमा आफ्ना चिनजानका प्रतिनिधिहरुसामु आफ्नो उम्मेदवारीको सन्देशलाई पुराईदिन तथा निर्वाचनमा भोट् दिएर जिताउन उनले सबै सदस्यहरुलाई अनुरोध पत्रसमेत पठाएका छन् ।
