काठमाण्डौं । माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलले हराएको हो ।
नेपाललाई जिताउन प्रशान्त लक्सम, समीर तामाङ र निराजन धामीले गोल गरे । खेलमा सुरुदेखि नै नेपालले दबाब बनाएको थियो । छैटौं मिनेटमा निराजन धामीको पासमा प्रशान्त लक्समको प्रहार पोष्टबाट बाहिरियो ।
सेमिफाइनलमा नेपालले अब भुटान वा भारतसँग खेल्ने छ । आजको दोस्रो खेल भारत र भुटानविरुद्व ५ः३० मा हुनेछ ।
Facebook Comments Box
