काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको अदालतको अवहेलना मुद्दामा १८ मंसिरमा फैसला हुने भएको छ। आइतबारबाट सुरु भएको सुनुवाइमा दुवै पक्षको बहस सकिएपछि निर्णय सुनाउने मितिका लागि पेसी तोकिएको हो।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सात वर्षअघि दायर गरेको मुद्दामा सर्वोच्चले फैसला दिन लागेको हो। अदालतको अवहेलनालाई फौजदारी कसुर मानिन्छ। प्रचण्डको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै १२ जेठ ०७३ मा मुद्दा दायर भएको थियो।
यद्यपि १६ कात्तिक ०७४ मा मात्र रुजु भएको सर्वोच्च प्रशासनले जनाएको छ। यस मुद्दामा १८ मंसिरमा फैसला आउने प्रवक्ता भद्रकाली पोखरेलले बताए।
Facebook Comments Box
